जनकपुरधाम । मधेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
विगत तीन वर्षयता मधेशका आठवटै जिल्लामा पानीमा डुबेर मुत्यु हुने ५८६ मध्ये ३४० बालबालिका रहेका छन् भने मृतक बालबालिकामध्ये बालकको सङ्ख्या बालिकाभन्दा बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो ।
गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका थिए ।
दुवै जना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसक्दा डुबेर मृत्यु भएको थियो । दुवै जनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको गरेको थियो ।
यस्तै गत जेठमा धनुषाकै कमला नगरपालिकामा सडक निर्माण गर्न खनिएको खाल्डोको पानीमा डुबेर नगरपालिका–२, सराबेका ७ वर्षीय रितिक साह र ५ वर्षिय रितिश साहको डुबेर मृत्यु भएको थियो । मुत्यु हुने बालक दाजुभाइ रामबाबु र श्यामबाबुका छोरा थिए ।
त्यस्तै गत वर्ष असार २० गते धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्बाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका थिए ।
१० देखि १२ वर्ष उमेर समूहका यी तीन जना बालिका स्थानीय घोंघा पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एक्कासि उनीहरू डुब्न थाले होहल्लापछि स्थानीय युवाहरूले निकालेका थिए । तर, उनीहरूमध्ये एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
यसरी बालबालिकाले बर्सेनि अकालमा ज्यान गुमाइरहेका छन् । जसलाई मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा पानीमा डुबेर मृत्यु हुनेमा मधेशमा ५८६ जना रहेका छन् भने त्यसमध्ये बालबालिका ३४० जना रहेका छन् । जसमा बालक २२७ र बालिका ११३ रहेका छन् ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मधेशमा पानीमा डुबेर मृत्यु हुनेको जम्मा सङ्ख्या २५६ पुगेको छ, जसमा बालक ९६, बालिका ५४, पुरुष ८२ र महिला २४ रहेका छन् । यस्तै आव २०८०/०८१ मा १७५ जनामा बालक ७३, बालिका ३९, पुरुष ५० र महिला १३ जना रहेका छन् भने २०७९/०८० मा १५५ जनामा बालक ४८, बालिका ३३, पुरुष ६२ र महिला १२ जना रहेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: