जनकपुरधाम । मधेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
विगत तीन वर्षयता मधेशका आठवटै जिल्लामा पानीमा डुबेर मुत्यु हुने ५८६ मध्ये ३४० बालबालिका रहेका छन् भने मृतक बालबालिकामध्ये बालकको सङ्ख्या बालिकाभन्दा बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो ।
गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका थिए ।
दुवै जना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसक्दा डुबेर मृत्यु भएको थियो । दुवै जनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको गरेको थियो ।
यस्तै गत जेठमा धनुषाकै कमला नगरपालिकामा सडक निर्माण गर्न खनिएको खाल्डोको पानीमा डुबेर नगरपालिका–२, सराबेका ७ वर्षीय रितिक साह र ५ वर्षिय रितिश साहको डुबेर मृत्यु भएको थियो । मुत्यु हुने बालक दाजुभाइ रामबाबु र श्यामबाबुका छोरा थिए ।
त्यस्तै गत वर्ष असार २० गते धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्बाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका थिए ।
१० देखि १२ वर्ष उमेर समूहका यी तीन जना बालिका स्थानीय घोंघा पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एक्कासि उनीहरू डुब्न थाले होहल्लापछि स्थानीय युवाहरूले निकालेका थिए । तर, उनीहरूमध्ये एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
यसरी बालबालिकाले बर्सेनि अकालमा ज्यान गुमाइरहेका छन् । जसलाई मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा पानीमा डुबेर मृत्यु हुनेमा मधेशमा ५८६ जना रहेका छन् भने त्यसमध्ये बालबालिका ३४० जना रहेका छन् । जसमा बालक २२७ र बालिका ११३ रहेका छन् ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मधेशमा पानीमा डुबेर मृत्यु हुनेको जम्मा सङ्ख्या २५६ पुगेको छ, जसमा बालक ९६, बालिका ५४, पुरुष ८२ र महिला २४ रहेका छन् । यस्तै आव २०८०/०८१ मा १७५ जनामा बालक ७३, बालिका ३९, पुरुष ५० र महिला १३ जना रहेका छन् भने २०७९/०८० मा १५५ जनामा बालक ४८, बालिका ३३, पुरुष ६२ र महिला १२ जना रहेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: