अभियानले जारी गरेको वक्तव्यमा पूर्वगृहमन्त्री सुधन गुरुङले लैनचौरस्थित सोह्रखुट्टे प्रहरी हिरासतमा रहेका प्रदर्शनकारीमाथि गालीगलौज, धम्की तथा दुर्व्यवहार गरेको दाबी गरिएको छ।
वक्तव्यअनुसार हिरासतमा रहेका अभियन्तालाई भेट्न पुगेका गुरुङले हिरासत कक्षभित्र प्रवेश गरी दबाबमूलक र अपमानजनक व्यवहार गरेका थिए। उनले “तपाईँहरू कहाँबाट परिचालित हुनुहुन्छ?”, “यो अन्तिम मौका हो” र “अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ” जस्ता अभिव्यक्ति दिएको अभियानको आरोप छ।
अभियानले उक्त व्यवहारले हिरासतमा रहेका नागरिकमाथि मानसिक दबाब सिर्जना गरेको उल्लेख गर्दै प्रभावशाली राजनीतिक व्यक्तिले हिरासतभित्र पुगेर यस्तो व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ।
साथै, पक्राउ परेका नागरिकलाई २४ घण्टासम्म पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको दाबी गर्दै अभियानले मानवअधिकार उल्लंघन भएको आरोप लगाएको छ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अभियानले सरकारसमक्ष पाँच बुँदे माग पेश गरेको छ। साथै, हिरासतभित्र भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यद्यपि, अभियानले लगाएका आरोपबारे पूर्वगृहमन्त्री सुधन गुरुङ वा सम्बन्धित सुरक्षा निकायको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: