काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण, विस्तार तथा डिजिटल संगठन निर्माण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालाले प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने लक्ष्य तय गरेको छ।
कार्यशालाले गत प्रतिनिधिसभा निर्वाचनमा अन्य दलतर्फ आकर्षित भएका मतदातालाई पुनः पार्टीसँग जोड्न विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
एमालेले पार्टी संगठनलाई आधुनिक प्रविधिसँग जोड्दै अनलाइन सदस्यता नवीकरण, सामाजिक सञ्जालको प्रभावकारी उपयोग तथा डिजिटल माध्यममार्फत पार्टी गतिविधि विस्तार गर्ने नीति अवलम्बन गर्ने जनाएको छ।
यस्तै, “ठिक समय, एमाले समय” नारालाई व्यवहारमा उतार्दै पार्टीका सबै कार्यक्रम तोकिएको समयमै सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यशालाले टोलदेखि केन्द्रसम्म पार्टी संगठनलाई पुनः सक्रिय बनाउने, जनसंगठनहरूको पुनर्गठन गर्ने तथा नयाँ पुस्तासँग सम्बन्ध विस्तार गर्न पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने घोषणा पनि गरेको छ।
पार्टी नेतृत्वले संगठन सुदृढीकरण, सदस्यता विस्तार र डिजिटल प्रविधिको प्रयोगमार्फत आगामी दिनमा एमालेलाई थप प्रभावकारी र जनमुखी बनाउने लक्ष्य लिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - २१:१९
प्रहरी भन्छ– ‘आत्मरक्षाका लागि लाठी चलाइयो’
जेष्ठ २१ गते, २०८३ - २१:०२
पूर्वगृहमन्त्री गुरुङमाथि आन्दोलनकारीलाई धम्क्याएको आरोप
जेष्ठ २१ गते, २०८३ - २०:५७
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न उपयुक्त जग्गा खोज्ने क्रममा ६ वटा स्थान सिफारिस गरि...
जेष्ठ २१ गते, २०८३ - २०:५३
काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण, विस्तार तथा डिजिटल संगठन निर्माण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय संगठन वि...
जेष्ठ २१ गते, २०८३ - ११:५६
हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्...
जेष्ठ २१ गते, २०८३ - ११:१८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय मह...
जेष्ठ २१ गते, २०८३ - ११:०८
काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छन्। जातीय...
जेष्ठ २१ गते, २०८३ - १०:३१
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना...
जेष्ठ २१ गते, २०८३ - ०९:३१
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोख...
जेष्ठ २१ गते, २०८३ - ०९:२८
हङकङ । हङकङको न्यू टेरिटोरिज क्षेत्रमा बिहीबार बिहान मिनिबस, डबलडेकर बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करि...



प्रतिकृया लेख्नुहोस्: