कञ्चनपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउनु गलत भएको बताएका छन् । यस्तो प्रयास गर्नेहरूले आफूलाई सच्चाउनुपर्ने उनको भनाइ छ ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रपति र उपराष्ट्रपतिको भूमिका सम्मानित र विशिष्ट हुने भएकाले उनीहरूलाई राजनीतिमा ल्याउनु पार्टी र व्यक्तिको कमजोरी हुने बताए ।
नेकपा (माओवादी केन्द्र) को गल्तीबाट पाठ सिक्दै यस्ता कमजोरी हटाउन एमालेले नैतिक दबाब सिर्जना गर्नुपर्ने उनले जोड दिए । पोखरेलले नेपाली राजनीतिमा मौलाउँदै गएको अवसरवाद र अराजकताविरुद्ध एमालेले जित हासिल गर्नुपर्ने बताए ।
विसं २०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरमा पार्टीले बेहोरेको हारको कारण अवसरवाद र अराजकता रहेको स्मरण गर्दै उनले पार्टीलाई बलियो बनाउन अनुशासन र एकता आवश्यक रहेको बताए ।
“अनुशासन र एकताविना कुनै पनि पार्टीले सफलता पाउन सक्दैन,” उनले भने । विगतका गल्ती दोहोरिन नदिन र राजनीतिमा रहेको अराजकता र अवसरवाद हटाउन सबैले एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: