Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

विश्वव्यापी रूपमा एक करोड ५० लाख प्राथमिक उमेरका बालिका विद्यालयबाहिर

खबरडबली संवाददाता

अमेरिका । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाहरूको शिक्षामा समान पहुँचमा बाधा पुर्‍याइरहेकाले विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिकाहरू हाल विद्यालय बाहिर रहेको युएन वुमनको नयाँ प्रतिवेदनले सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार हालका दशकहरूमा प्राथमिक र माध्यमिक विद्यालय भर्ना दरमा औसतमा लैङ्गिक समानता भए पनि धेरै क्षेत्रमा असमानता उल्लेखनीय रहेको छ । केही क्षेत्रमा ४८ दशमलव एक प्रतिशत बालिका विद्यालय बाहिर छन् ।

केटाहरूको तुलनामा स्थिति विशेष गरी स्पष्ट छ– प्राथमिक विद्यालयबाट बाहिर एक करोड ५० लाख बालिका र एक करोड केटाहरू रहेको प्रतिवेदले खुलासा गरेको छ ।

पहिलेभन्दा धेरै बालिका विद्यालय गइरहेको र प्राथमिक तहपछिका प्रत्येक अतिरिक्त वर्षको शिक्षाले बालिकालाई बाल विवाहबाट बच्न, रोजगारी पाउन र राम्रो स्वास्थ्य र समग्र कल्याण हासिल गर्ने सम्भावनालाई ठूलो मात्रामा सुधार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, किशोरी बालिकाहरूले शिक्षामा बाधाहरूको सामना गरिरहेका छन्, धेरै बाल गर्भावस्था र घरेलु जिम्मेवारीहरूमा सहयोग गर्ने अपेक्षाका कारण माध्यमिक विद्यालय छोडिरहेका छन् ।

“पहिलेभन्दा धेरै बालिकाहरू विद्यालय गइरहेका छन् । तिनीहरूले पढ्न र लेख्न सिक्ने मात्र नभई प्राथमिक तहपछि विद्यालयमा रहने प्रत्येक वर्षले तिनीहरूको धेरै कम उमेरमा विवाह हुने सम्भावनालाई कम गर्छ । यसले तिनीहरूको रोजगारी, स्वास्थ्य र समग्र कल्याणको सम्भावनालाई बढाउँछ । बालिका र महिलाहरूको आफ्नो जीवनका सबै चरणमा गुणस्तरीय शिक्षा र सिकाइको समान अधिकार छ”, प्रतिवेदनमा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending