Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

म्यान्माको जुन्ताले ‘व्यवस्थित’ यातना दिइरहेको राष्ट्रसङ्घको राष्ट्रसङ्घको रिपोर्ट

खबरडबली संवाददाता

 

याङगुन । संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यान्माको सेना (जुन्ता) द्वारा सञ्चालित हिरासत सुविधाहरूमा कुटपिट, बिजुलीको झट्का र सामूहिक बलात्कारसहित ‘व्यवस्थित’ यातना रेकर्ड गरेको बताएका छन् ।

सन् २०२१ को विद्रोहमा सेनाले नागरिक सरकारलाई अपदस्थ गरेपछि म्यान्मा गृहयुद्धको चपेटामा परेको छ । यहाँ सेनाले प्रजातन्त्र समर्थक गुरिल्ला र जातीय सशस्त्र समूहहरूसँग लडिरहेको छ । असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स मोनिटर समूहका अनुसार लडाइँसँगै दमनकारी कारबाही भएको छ जसमा करिब ३० हजार मानिस पक्राउ परेका छन् ।

म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धान संयन्त्र (आइआइएमएम) को एउटा प्रतिवेदनले ‘सोधपुछका क्रममा र हिरासत सुविधाहरूमा गम्भीर दुर्व्यवहार’ भएको पहिचान गरेको बताएको छ । लगभग छ सय प्रत्यक्षदर्शीको गवाहीमा आधारित मङ्गलबार जारी गरिएको आइआइएमएमको वार्षिक प्रतिवेदनमा लगाइएका आरोपहरूमा टिप्पणीका लागि जुन्तााका प्रवक्तासँग सम्पर्क हुन सकेन् ।

‘यौन दासत्व’, ‘चुरोट वा जलेका वस्तुहरूले यौन अङ्गहरू जलाउने’, र चिम्टाले नङहरू निकाल्ने लगायत यातनाको ‘व्यवस्थित कार्यान्वयन’ भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले ‘दुईदेखि १७ वर्ष उमेरका बालबालिकाहरूलाई प्रायः आफ्ना आमाबाबुको प्रतिनिधिका रूपमा हिरासतमा राखिएको’ सङ्केत गर्ने प्रमाण पनि फेला पारेको छ ।

“हिरासतमा लिइएका केही बालबालिकाहरू यातना, दुर्व्यवहार वा यौन तथा लैङ्गिक अपराधको सिकार भएका छन्”, प्रतिवेदनमा भनिएको छ । आइआइएमएमका प्रमुख निकोलस कौमजियानले सङ्गठनले ‘अत्याचारको आवृत्ति र क्रूरतामा निरन्तर वृद्धि’ देखेको तर ‘अपराधीहरूको पहिचानमा प्रगति’ गरेको बताए ।

“हामी त्यो दिनका लागि काम गरिरहेका छौँ जब अपराधीहरूले कानूनी अदालतमा आफ्नो कार्यका लागि जवाफ दिनुपर्नेछ”, उनले भने । अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख अभियोजकले निर्वाचित नेता आङ सान सुकीलाई अपदस्थ गरी जेल हाल्ने जुन्ता प्रमुख मिन आङ ह्लाइङका लागि गिरफ्तारी वारेन्टको अनुरोध गरिसकेका छन् ।

त्यो वारेन्ट अनुरोध सन् २०१७ मा म्यानन्माको रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सेनाले गरेको कथित अत्याचारसँग सम्बन्धित छ । म्यान्माको गृहयुद्धका सबै पक्षमाथि युद्ध अपराध गरेको आरोप लगाइएको छ र आइआइएमएम प्रतिवेदनले विपक्षी समूहहरूले बन्दीहरूलाई संक्षिप्त मृत्युदण्ड दिएको मुद्दाहरू पनि पहिचान गरेको बताएको छ ।

याङगुन । संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यान्माको सेना (जुन्ता) द्वारा सञ्चालित हिरासत सुविधाहरूमा कुटपिट, बिजुलीको झट्का र सामूहिक बलात्कारसहित ‘व्यवस्थित’ यातना रेकर्ड गरेको बताएका छन् ।

सन् २०२१ को विद्रोहमा सेनाले नागरिक सरकारलाई अपदस्थ गरेपछि म्यान्मा गृहयुद्धको चपेटामा परेको छ । यहाँ सेनाले प्रजातन्त्र समर्थक गुरिल्ला र जातीय सशस्त्र समूहहरूसँग लडिरहेको छ । असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स मोनिटर समूहका अनुसार लडाइँसँगै दमनकारी कारबाही भएको छ जसमा करिब ३० हजार मानिस पक्राउ परेका छन् ।

म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धान संयन्त्र (आइआइएमएम) को एउटा प्रतिवेदनले ‘सोधपुछका क्रममा र हिरासत सुविधाहरूमा गम्भीर दुर्व्यवहार’ भएको पहिचान गरेको बताएको छ । लगभग छ सय प्रत्यक्षदर्शीको गवाहीमा आधारित मङ्गलबार जारी गरिएको आइआइएमएमको वार्षिक प्रतिवेदनमा लगाइएका आरोपहरूमा टिप्पणीका लागि जुन्तााका प्रवक्तासँग सम्पर्क हुन सकेन् ।

‘यौन दासत्व’, ‘चुरोट वा जलेका वस्तुहरूले यौन अङ्गहरू जलाउने’, र चिम्टाले नङहरू निकाल्ने लगायत यातनाको ‘व्यवस्थित कार्यान्वयन’ भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले ‘दुईदेखि १७ वर्ष उमेरका बालबालिकाहरूलाई प्रायः आफ्ना आमाबाबुको प्रतिनिधिका रूपमा हिरासतमा राखिएको’ सङ्केत गर्ने प्रमाण पनि फेला पारेको छ ।

“हिरासतमा लिइएका केही बालबालिकाहरू यातना, दुर्व्यवहार वा यौन तथा लैङ्गिक अपराधको सिकार भएका छन्”, प्रतिवेदनमा भनिएको छ । आइआइएमएमका प्रमुख निकोलस कौमजियानले सङ्गठनले ‘अत्याचारको आवृत्ति र क्रूरतामा निरन्तर वृद्धि’ देखेको तर ‘अपराधीहरूको पहिचानमा प्रगति’ गरेको बताए ।

“हामी त्यो दिनका लागि काम गरिरहेका छौँ जब अपराधीहरूले कानूनी अदालतमा आफ्नो कार्यका लागि जवाफ दिनुपर्नेछ”, उनले भने । अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख अभियोजकले निर्वाचित नेता आङ सान सुकीलाई अपदस्थ गरी जेल हाल्ने जुन्ता प्रमुख मिन आङ ह्लाइङका लागि गिरफ्तारी वारेन्टको अनुरोध गरिसकेका छन् ।

त्यो वारेन्ट अनुरोध सन् २०१७ मा म्यानन्माको रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि सेनाले गरेको कथित अत्याचारसँग सम्बन्धित छ । म्यान्माको गृहयुद्धका सबै पक्षमाथि युद्ध अपराध गरेको आरोप लगाइएको छ र आइआइएमएम प्रतिवेदनले विपक्षी समूहहरूले बन्दीहरूलाई संक्षिप्त मृत्युदण्ड दिएको मुद्दाहरू पनि पहिचान गरेको बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...

जापानका किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि प्रयोग बढ्दै

टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending