सिराहा । सिराहा र सप्तरीको सीमा क्षेत्रमा पर्ने बलान नदीमा नुहाउने क्रममा सोमबार बिहान करिब ९ बजेदेखि बेपत्ता भएका १४ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।
सखुवानन्करकट्टी गाउँपालिका–३, परिहारपुरका शिवकुमार यादवका छोरा घनश्याम यादव मंगलबार बिहान करिब साढे ११ बजे बाढीको पानीमा तैरिरहेको अवस्थामा बलान पुलको दक्षिणपट्टि भेटिएका हुन् ।
उनको शव तत्काल भगवानपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएर पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान लैजानिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पोस्टमार्टम पछि शव दाहसंस्कारका लागि सम्बन्धित परिवारलाई बुझाइएको छ ।
फुपुकी छोरा संजीवसँग गाउँ नजिकैको बलान नदीमा नुहाउन गएका यादव खोलामा डुबेर बेपत्ता भएका थिए । उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हेडक्वार्टर सिराहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी भगवानपुरबाट खटिएका सुरक्षाकर्मीहरूले दिनभर प्रयास गरिसके पनि उनी फेला परेका थिएनन् ।
बलान पुलको दक्षिणपट्टि करिब १५ फिट गहिरो खाल्डोमा बाढीको भुमरी रहेकाले त्यहीँ डुबेको आशंकामा मंगलबार बिहान महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली ल्याएर खोजी थालिएको थियो ।
खोजीको तयारी गरिरहेको अवस्थामा दक्षिणतर्फ डुबेका बालक मृत फेला परेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: