Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित सात घाइते

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको बागमतीमा सोमबार भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बागमती नगरपालिका–१२, मा बागमती पुलबाट भरत तालतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ज ११ प ५५०५ नम्वरको मोटरसाइकले पछाडिबाट ठक्कर दिँदा बाराको कोल्हबी नगरपालिका–९, बस्ने ४२ वर्षीया इनरवती देवी चौधरीको मृत्यु भएको हो ।

आफ्नै छोराले चलाएको मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्वरको मोटरसाइकल सवार इनरवती पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा उपचारका लागि हाइवे ट्रमा सेन्टर चन्द्रनिगापुर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतक इनरवतीका छोरा मोटरसाइकल चालक ३२ वर्षीय दीपक चौधरी र सोही मोटरसाइकलमै सवार इनरदेवीका अर्का छोरा २८ वर्षीय रामरुप चौधरी घाइते भएकी छिन् । सामान्य घाइते रहेका चौधरी दाजुभाईको चन्द्रनिगाहपुरमा उपचार जारी छ ।

चौधरीका दुई दाजुभाई र आमा सवार मोटरसाइकललाई ठक्कर दिने ज ११ प ५५०५ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९ का २० वर्षीय बिशाल महतो र मोटरसाइकल पछाडि सवार भारतीय नागरिक २० वर्षीय प्रेमकुमार भगत समेत सामान्य घाइते भएका छन् । 

यस्तै बागमती नगरपालिका–१२, कै बथाने टोलमा बागमतीबाट भरत तालतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्वरको मोटरसाइकललाई प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा पछाडिबाट ठक्कर दिने प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकलका चालक रौतहटको चन्द्रपुर नगरपालिका–१०, का १८ वर्षीय घनश्याम चौधरी, बागमती प्रदेश ०२–०५७ प ७८७९ नं. को मोटरसाइकल चालक रौतहटको दुर्गा भगवती गाउँपालिका–१, बस्ने १८ वर्षीय राजु चौधरी र पछाडि सवार उनकी आमा ४५ वर्षीया राधिका देवी चौधरी घाइते भएका छन् । दुवै मोटरसाइकल चालक उपचारपछि डिस्चार्ज भइसकेका छन् भने राधिका देवीको कर्मैयाकै स्वास्थ्य संस्थामा उपचार चलिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending