बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदै छ । पर्यटकको चहलपहल बढेसँगै स्थानीय घोडापालकहरूको दैनिकी घोडामा पर्यटक घुमाउनमै बित्छ ।
पछिल्लो समय ढोरपाटनमा पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायी उत्साहित छन् । यहाँका रङ्गीचङ्गी बुकी फूलहरूको बीचमा घोडा चढेर फोटो खिच्ने, भिडियो बनाउने र टिकटक बनाउने पर्यटकको भीडले व्यवसायीको आम्दानी बढेको छ ।
ढोरपाटन नगरपालिका-९ का अनिस विकले पर्यटकको चापले दैनिक तीन हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए । “पहिले मुस्किलले दैनिक एक हजार कमाइ हुन्थ्यो, अहिले बुकी फूलमा घोडा चढ्ने पर्यटक बढेपछि आम्दानी राम्रो छ,” उनले भने । उनका अनुसार घोडा चढेर फोटो र भिडियो बनाउन दुई सय, ढोर बराही दर्शन गर्न पाँच सय र बुकीपाटन पुग्न तीन हजार रुपैयाँसम्म लिने गरिएको छ ।
घोडाको खानपान खर्च कटाएर दैनिक एकदेखि दुई हजार बचत हुने गरेको छ । स्थानीयले घरवास र घोडा सफारीबाट मुख्य आम्दानी गरिरहेका छन् । असारदेखि भदौसम्म फुल्ने विभिन्न प्रजातिका बुकी फूल हेर्न बुटवल, काठमाडौं, पोखरा, बागलुङलगायतका क्षेत्रबाट पर्यटक आउने गरेका छन् । मङ्सिर-पुसमा हिमपातको मजा लिन आउने पर्यटक पनि उत्तिकै छन् । यहाँ आउने अधिकांश पर्यटक घोडा चढेर बुकीपाटन पुग्न रुचाउँछन् ।
यद्यपि, घोडापालनमा चुनौती पनि छन् । मैतराम विक, जो दुई घोडा पाल्छन्, भन्छन्, “हिमपातको तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्छ, त्यतिबेला हिँडाउन सकिँदैन । तर, अहिले पर्यटकलाई बुकीपाटन पुर्याएर तीनदेखि चार हजारसम्म कमाइ हुन्छ ।”
स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीका अनुसार वर्खायाममा पनि पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फस्टाएको छ । गत आर्थिक वर्षमा ढोरपाटन सिकार आरक्षमा २३ हजार पर्यटक भित्रिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा एक हजारले बढी हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: