Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बागलुङकाे ढोरपाटन सिकार आरक्षमा घोडा सफारीको रौनक

खबरडबली संवाददाता

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदै छ । पर्यटकको चहलपहल बढेसँगै स्थानीय घोडापालकहरूको दैनिकी घोडामा पर्यटक घुमाउनमै बित्छ ।

पछिल्लो समय ढोरपाटनमा पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायी उत्साहित छन् । यहाँका रङ्गीचङ्गी बुकी फूलहरूको बीचमा घोडा चढेर फोटो खिच्ने, भिडियो बनाउने र टिकटक बनाउने पर्यटकको भीडले व्यवसायीको आम्दानी बढेको छ ।

ढोरपाटन नगरपालिका-९ का अनिस विकले पर्यटकको चापले दैनिक तीन हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए । “पहिले मुस्किलले दैनिक एक हजार कमाइ हुन्थ्यो, अहिले बुकी फूलमा घोडा चढ्ने पर्यटक बढेपछि आम्दानी राम्रो छ,” उनले भने । उनका अनुसार घोडा चढेर फोटो र भिडियो बनाउन दुई सय, ढोर बराही दर्शन गर्न पाँच सय र बुकीपाटन पुग्न तीन हजार रुपैयाँसम्म लिने गरिएको छ ।

घोडाको खानपान खर्च कटाएर दैनिक एकदेखि दुई हजार बचत हुने गरेको छ । स्थानीयले घरवास र घोडा सफारीबाट मुख्य आम्दानी गरिरहेका छन् । असारदेखि भदौसम्म फुल्ने विभिन्न प्रजातिका बुकी फूल हेर्न बुटवल, काठमाडौं, पोखरा, बागलुङलगायतका क्षेत्रबाट पर्यटक आउने गरेका छन् । मङ्सिर-पुसमा हिमपातको मजा लिन आउने पर्यटक पनि उत्तिकै छन् । यहाँ आउने अधिकांश पर्यटक घोडा चढेर बुकीपाटन पुग्न रुचाउँछन् ।

यद्यपि, घोडापालनमा चुनौती पनि छन् । मैतराम विक, जो दुई घोडा पाल्छन्, भन्छन्, “हिमपातको तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्छ, त्यतिबेला हिँडाउन सकिँदैन । तर, अहिले पर्यटकलाई बुकीपाटन पुर्याएर तीनदेखि चार हजारसम्म कमाइ हुन्छ ।”

स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीका अनुसार वर्खायाममा पनि पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फस्टाएको छ । गत आर्थिक वर्षमा ढोरपाटन सिकार आरक्षमा २३ हजार पर्यटक भित्रिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा एक हजारले बढी हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE