सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्दा पुनः सर्ने अवस्था नआओस् भन्दै निश्चित गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार सुर्खेतमा युवा तथा खेलकुद मन्त्री तेजु चौधरीसँग भएको छलफलमा उनले विगतमा मिति तोकिएर पनि प्रतियोगिता स्थगित हुँदा नकारात्मक सन्देश गएको बताए । “हामी कर्णालीमा प्रतियोगिता आयोजना गर्न पूर्ण प्रतिबद्ध छौँ र तयारीमा जुटेका छौँ,” मुख्यमन्त्री कंडेलले भने, “तर आयोजक संघीय सरकार हो, त्यसैले मिति तोक्दा फेरबदल नहोस् भन्नेमा ध्यान दिनुपर्छ ।”
उनले संघीय र प्रदेश सरकारबीच स्पष्ट जिम्मेवारी, समन्वय र कार्यतालिका बनाउनुपर्नेमा जोड दिँदै विगतका कमजोरी दोहोरिन नदिन सुझाव दिए । “उपसमितिहरू गठन गर्दा काममा केन्द्रित हुनुपर्छ, जम्बो समिति बनाएर प्रचारमा मात्र सीमित हुने प्रवृत्ति रोक्नुपर्छ,” उनले भने ।
मुख्यमन्त्री कंडेलले कर्णालीमा अधिकांश खेल पूर्वाधार निर्माण भइसकेको र बाँकी संरचना छिट्टै सम्पन्न हुने जानकारी दिँदै प्रदेश खेलकुद परिषद्का रिक्त पदमा नियुक्ति प्रक्रिया थालिएको बताए । उनले बाँकी निर्माणमा संघीय सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे ।
मन्त्री चौधरीले मिति नसर्ने गरी तयारी भइरहेको र सुर्खेत आसपासमा २४ खेल सञ्चालन हुने जानकारी दिए । छलफलमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलगायत सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: