काठमाडाैं । आर्थिक वर्ष ०८१/८२ मा नेपाल विद्युत् प्राधिकरण (एनईए)ले १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत् भारत र बंगलादेशमा निर्यात गरेको छ ।
एनईएको तथ्यांकअनुसार भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । सोही अवधिमा नेपालले भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरेको छ ।
यसले गर्दा विद्युत् व्यापारमा नेपाल ४.५३ अर्ब रुपैयाँ बचतमा रहेको छ । यो बचत विशेष गरी गत आवको अन्तिम तीन महिनामा भारतले रातको समयमा विद्युत् कटौती गर्दा आयात घटेका कारण बढेको देखिन्छ ।
नेपाल अघिल्लो आर्थिक वर्ष ०८०/८१ देखि वैदेशिक विद्युत् व्यापारमा नाफामा छ । सो वर्ष नेपालले १३ करोड रुपैयाँको बचत हासिल गरेको थियो, जतिबेला १६.९२ अर्बको आयात र १७.०६ अर्बको निर्यात भएको थियो । त्यसअघिका वर्षहरूमा भने नेपाल विद्युत् व्यापारमा घाटामा थियो ।
नेपालले सन् २०२१ मेमा भारतको इनर्जी एक्सचेन्ज डे-अहेड मार्केटमा प्रवेश पाएको थियो । सुरुमा आयातको अनुमति प्राप्त गरेको नेपालले सन् २०२१ नोभेम्बर ३ देखि निर्यातकर्ताको रूपमा पनि प्रवेश पायो । हाल नेपालले भारतको मिडियम टर्म, डे-अहेड र रियल टाइम मार्केटमा विद्युत् बिक्री गरिरहेको छ ।
नेपाललाई भारतमा ९४१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति छ, र हाल दैनिक ७०० मेगावाटभन्दा बढी निर्यात भइरहेको छ । यस्तै, गत वर्षदेखि बर्खायाममा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: