याङ्गुन । म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उनी सेवाबाट निलम्बित थिए ।
सेनाले कूमार्फत आङ सान सु कीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि पूर्व जनरल मिन्ट स्वेलाई सन् २०२१ मा म्यान्माको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । उक्त कूपछि मुलुकमा बहु–पक्षीय गृहयुद्ध सुरु भएको छ ।
उक्त कूले सशस्त्र सेना प्रमुख मिन आङ ह्लाइङलाई सर्वोच्च शक्ति हस्तान्तरण गरेको थियो । ह्लाइङले गत जुलाईमा पार्किन्सन रोगको प्रभाव झेल्नुपरेका कारण ‘कार्यवाहक राष्ट्रपति’ का रूपमा मिन्ट स्वेको औपचारिक भूमिका पनि सम्हालेका थिए । “राष्ट्रपति यु मिन्ट स्वेको आज बिहान ८ः२८ मा निधन भयो”, सेनाको वक्तव्यमा भनिएका छ । चौरहत्तर वर्षीय स्वेको राजधानी नेपिडोको अस्पतालमा मृत्यु भएको थियो ।
“यसैद्वारा घोषणा गरिन्छ कि अस्थायी राष्ट्रपति यु मिन्ट स्वेको अन्त्येष्टि राजकीय अन्त्येष्टिका रूपमा गरिनेछ”, वक्तव्यमा भनिएको छ । राज्य मिडियाले बुधबार उनले ‘तौल घट्ने, भोक कम हुने, ज्वरो र संज्ञानात्मक कार्यमा गिरावट’ अनुभव गरिरहेको र सघन हेरचाहमा भर्ना गरिएको बताएको थियो ।
मिन्ट स्वे सु कीको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारअन्तर्गत उपराष्ट्रपति थिए । सु की सैन्य कब्जापछि साढे चार वर्षपछि पनि जेलमा छन् । लामो समयदेखि केन्द्रीय शासनको विरोध गर्ने जातीय सशस्त्र समूहहरूसँग साझा कारण फेला पार्दै कार्यकर्ताहरूले छापामार युद्ध गर्न सहरहरू छोड्नुअघि उक्त कूले प्रजातन्त्र समर्थक विरोधहरू निम्त्यायो । ती विरोधहरूलाई दमन गरियो ।
देशलाई तहसनहस पार्ने द्वन्द्वबाट बाहिर निस्कने बाटोका रूपमा डिसेम्बरमा चुनावको योजना प्रचार गर्दै मिन आङ ह्लाइङले गत हप्ता कब्जाको समयमा घोषणा गरिएको देशव्यापी आपत्कालीन अवस्थाको अन्त्य गरे । यस कदमबाट मिन आङ ह्लाइङको कब्जामा रहेको सशस्त्र सेना प्रमुखको कार्यालबाट शक्ति राष्ट्रपतिको कार्यालयमा आयो । राष्ट्रपतिको कार्यालय पनि मिन आङ ह्लाइङकै कब्जामा छ ।
विपक्षी समूहहरूले मतदान बहिष्कार गर्ने वाचा गरेका छन् भने जुनमा संयुक्त राष्ट्रसङ्घका एक विज्ञले सेनाको निरन्तर शासनलाई वैधानिकता दिन डिजाइन गरिएको ‘ठगी’ भनेर वर्णन गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: