Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

काठमाडौंमा यसरी घटाउन सकिन्छ वायु प्रदूषण

प्रकाश रेग्मी
प्रकाश रेग्मी

नेपालको संघीय राजधानी काठमाडौंलाई बारम्बार खराब हावाको गुणस्तर भएको सहरमा उल्लेख गरिन्छ। सन् २०२४ को एक रिपोर्टका अनुसार काठमाडौंलाई विश्वका सबैभन्दा प्रदुषित सहरहरूमध्ये एक उच्च स्थानमा राखेको छ। विशेष गरी सुख्खा मौसममा (अक्टोबर देखि-मे महिना) काठमाडौंको वायु प्रदूषणको दर उच्च देखिन्छ। सन् २०२४ अप्रिल १० का दिन काठमाडौंको वायु गुणस्तर सूचकांक २६५ मा पुग्यो, जसले गर्दा यो विश्वको सबैभन्दा प्रदुषित सहर सूचीको शीर्ष स्थानमा रह्यो। यो वृद्धि मुख्यतया नेपालभरि व्यापक रूपमा फैलिएको डढेलोको कारण भएको ठम्याइएको थियो।

वायु प्रदूषण भनेको पृथ्वीको सतह भन्दामाथि प्राकृतिक रूपमा रहेको हावामा अतिरिक्त पदार्थहरूको मिश्रणले गर्दा प्राकृतिक रुपमा रहेको हावाको संरचनामा आउने परिवर्तन, वायु प्रदूषण हो। यसको सन्दर्भमा कुरा गर्दा वायुमण्डलको सबैभन्दा तल्लो तह (ट्रोपोस्फियर, पृथ्वीको सतहबाट १२ किलोमेटर उचाइसम्म) जहाँ जीवजन्तु र वनस्पतीको अस्तित्व रहन्छ, वायुमण्डलको त्यो तहको विश्लेषण गरिन्छ। वायु प्रदूषणका प्राकृतिक स्रोतहरूमा ज्वालामुखी विस्फोट, डढेलो, हावाले उडाएको धुलो र सड्ने जैविक पदार्थबाट उत्सर्जन हुने पदार्थहरू हुन्। जसले हावाको प्राकृतिक संरचनामा परिवर्तन गर्दछ। त्यस्तै, मानवीय क्रियाकलापका कारण सिर्जित स्रोतहरू १. मोबाइल स्रोतहरू (कार र ट्रकहरू बसहरू, हवाइजहाज, रेल तथा निर्माण र कृषि उपकरणहरू) र २. स्थिर स्रोतहरू (विद्युतीय प्लान्टहरू जस्तै कोइला, तेल, ग्यास, औद्योगिक सुविधाहरू, जस्तै कारखाना, रिफाइनरी र रासायनिक प्लान्टहरू) हुन्। 

काठमाडौंको भू-बनोट एक कचौरा आकारको रूपमा रहेको छ। काठमाडौं उपत्यका, उच्च जनसंख्या घनत्व भएको, यसको वरपर जंगलसहितको उच्च पहाडहरूले घेरिएको स्थानमा अवस्थित छ। काठमाडौं वरपर देखिएको वनको उपयोग र व्यवस्थापनमा हुने कमजोरी, खेतीपाती गर्ने तौर तरिका र यसबाट निस्कने उपउत्पादनहरुको व्यवस्थापनमा हुने अभ्यासहरूका कारण सिर्जना हुने कण वस्तुहरु सतहमाथिको हावामा मिसिन जाँदा काठमाडौं उपत्यकाको वायु प्रदूषणलाई थप बढावा गर्ने गरेको छ। यसरी विश्वका प्रदुषित सहरमध्ये काठमाडौं कहिले पहिलो त कहिले दोस्रो स्थानमा रहँदै आएको छ।

वायु प्रदूषणको प्रभाव

स्टेट अफ ग्लोबल इयर २०२० को तथ्यांकअनुसार नेपालमा वार्षिक ४२ हजारभन्दा बढी मानिसको मृत्यु, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वायु प्रदूषणसँग जोडिएको छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान तथा वीर अस्पतालका परामर्शदाता डा. लोचन कार्कीका अनुसार वायु प्रदूषणले नेपालीको औसत आयु तीन वर्षले घटेको छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु हाल ७२ वर्ष छ। यदि वायु प्रदूषणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले हुने मृत्यु तथा कम उमेरमा हुने मृत्युलाई घटाउने हो भने नेपालीको औसत आयु ७५ वर्ष हुन जान्छ।

वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ। प्रदूषणले दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोको क्यान्सर, मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघात लगायतको समस्या बढाउने फिजिसियन डा. लोचन कार्की बताउँछन्। ‘वायु प्रदूषणले अल्पकालीन र दीर्घकालीन रोगको जोखिम बढाउँछ। त्यस्तै, दम, आस्थमा, फोक्सोको क्यान्सर, छालाको एलर्जीलगायतका विभिन्न किसिमका रोग लाग्ने सम्भावना बढाउने फिजिसियन डा. कार्की बताउँछन्।

काठमाडौंको वायु प्रदूषण स्थितिको विश्लेषण

वायु गुणस्तर सूचकांक, हावामा हुने धुल कणहरूको मात्राको आधारमा गरिन्छ। अर्थात् प्रतिघनमिटर वायुमा कति मात्रामा र कुन साइजका धुल कण छन् भनेर गणना गरिन्छ। प्रतिघनमिटर वायुमा ५० क्युविक माइक्रोमिटर भन्दा कम मात्रामा धुल कण छन् भने त्यो वायुलाई शुद्ध हावा मानिन्छ। त्यो भन्दामाथि ५० देखि १०० सम्म सन्तोषजनक,  १०० देखि १५० सम्म मध्य, १५० देखि २०० सम्म संवेदनशील २०० देखि ३०० अस्वस्थ र ३०० भन्दामाथि खतरनाक वर्गमा राखिन्छ। एक रिपोर्ट अनुसार सन् २०२५ को पहिलो ३ महिनाको ९० दिन मध्ये ७५ दिन काठमाडौंको वायु गुणस्तर सूचकांक संवेदनशील अवस्थामा थियो। सोही रिपोर्टले सन् २०२५ को अप्रिल ३ का दिन सबैभन्दा बढी अथवा काठमाडौंको वायु गुणस्तर सूचकांक ३६५ रहेको देखाएको छ।

जुलाई महिनामा धेरै पानी पर्ने भएकाले सामान्यतया काठमाडौंको वायु गुणस्तर सूचकांक स्थर कम नै हुने गर्दछ। यद्यपि, यस लेख लेख्ने क्रममा सन् २०२५ को जुलाई महिनाको २३ तारिख बिहान ५ बजे र सोही दिन बेलुकी ५ बजे (सबैभन्दा कम सवारी चल्ने समय बिहान ५ बजे र सबैभन्दा बढी सवारी चल्ने समय बेलुकी ५ बजे) को छुट्टाछुट्टै जम्मा १२५ वटा नमुना बिन्दुहरूको रियल टायम डाटा, सेटलाइटबाट तानेर छोटो विवेचना गर्ने प्रयास गरिएको छ। 

वायु गुणस्तर सूचकांक (जुलाई २३, २०२५)

समग्रमा हेर्दा कालिमाटी, ताहाचल, बल्खु, रत्नपार्क, ठमेल तथा टेकु क्षेत्रमा दुवै समयमा बढी वायु प्रदूषण भएको देखिन्छ। बिहानको १२५ वटा नमुना स्थानहरूको वायु गुणस्तर सूचकांक, रियल टायम डेटा अनुसार ५२ वायु गुणस्तर सूचकांकदेखि ६९ वायु गुणस्तर सूचकांकसम्म देखिएको थियो। यसरी १२५ बिन्दुहरूको वायु गुणस्तर सूचकांक हिसाब गर्दा काठमाडौंको रिङरोडभित्रको औसत वायु गुणस्तर सूचकांक ६० रहेको थियो, जुन मात्रा ५० भन्दामाथि छ। सबैभन्दा कम वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा चण्डोल, थापाथली, टंङ्गाल, अलोक नगर, अलकापुरी स्कुल, लाजिम्पाट, बालुवाटार, नयाँ बानेश्वर, भाटभटेनी, प्रज्ञा मार्ग, सानेपा, जमुना गल्लि, पुलचोक क्रिकेट मैदान तथा पाटन ढोका रहेका थिए। त्यस्तै, बिहानको समयमा सबैभन्दा बढी वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा कुलेश्वर, नेपाल टेलिकम, कल्धरा, खड्का चोक, कुलेश्वर, विश्वविद्यालय मार्ग, गौरीशंकर सडक, लेचातम मार्ग, छाउनी र ताहाचल क्षेत्र देखिन्छन्। 

बेलुकीको १२५ वटा नमुना स्थानहरूको वायु गुणस्तर सूचकांक, रियल टायम डेटा अनुसार ७१ वायु गुणस्तर सूचकांकदेखि ७९ वायु गुणस्तर सूचकांकसम्म देखिएको थियो। यसरी १२५ बिन्दुहरूको वायु गुणस्तर सूचकांक हिसाब गर्दा काठमाडौंको रिङरोडभित्रको औसत वायु गुणस्तर सूचकांक ७५ रहेको थियो, जुन बिहानको औसत गुणस्तर सूचकांक भन्दा १५ ले बढी हो।  बेलुकीको समयमा सबैभन्दा कम वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा जमुना गल्ली, पाटन ढोका, चण्डोल, टंङ्गाल, आलोकनगर, अलकापुरी स्कुल, बालुवाटार, भाटभटेनी, प्रज्ञा मार्ग, कोटेश्वर, लाजिम्पाट र नयाँ बानेश्वर हुन्। त्यस्तै, बेलुकाको समयमा सबैभन्दा बढी वायु गुणस्तर सूचकांक भएका क्षेत्रहरूमा सोल्टीमोड, केशरमहल, कल्धरा, खड्का चोक, कुलेश्वर, विश्वविद्यालय मार्ग, गौरीशंकर सडक, लेचातम मार्ग, कलधारा, ताहाचल, कुलेश्वोर, छाउनी, रत्नपार्क, लाजिम्पाट, र रविभवन रहेका छन्। 

वायु प्रदूषण निराकरणका उपाय

नेपालको संविधान २०७२ को धारा ३० ले स्वच्छ र स्वस्थ वातावरणको अधिकारको ग्यारेन्टी गरेको छ। देशभित्र रहेका प्रत्येक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्ने अधिकार संविधानले प्रदान गरेको छ। संविधानले प्रदान गरेको  यस प्रावधानलाई कार्यान्वयन गर्न प्रत्येक नागरिक, समुदाय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका आ-आफ्नै स्तरका कामहरू गर्न जरुरी देखिन्छ।

१. समुदायस्तर

काठमाडौंको वायु प्रदूषणका लागि सतहबाट उडेर जाने धुलका कणहरू एक प्रमुख कारण हो। प्रत्येक आवासीय घरहरू, व्यावसायिक भवनहरू र औद्योगिक भवनहरूका आ-आफ्नो स्वामित्वमा रहेका खाली जमिनमा धुलो ढाक्ने खालका बिरुवाहरू (जस्तै दुबो) लगाउनको लागि अभिप्रेरित गरी त्यसको अनुगमन गर्न स्थानीय तहका टोल विकास संस्थालाई जिम्मेवार बनाउन सकियो भने वायु प्रदूषण कम गर्न सकिन्छ र यसलाई नियमित रुपमा अनुगमन गरी सामाजिक सम्मान तरिकाको पुरस्कार र सजायको व्यवस्था गर्न सकियो भने वायु प्रदूषण कम गर्नमा स्थानीय समुदायको सहभागिता प्रभावकारी हुन सक्छ। यसका लागि महानगरीय वातावरण संरक्षण अन्तर्गतको रकम परिचालन गर्न सकिन्छ।

२. स्थानीय सरकारस्तर

स्थानीय सरकारका निकायहरूलाई वायु प्रदूषणको कारण, यसबाट हुन सक्ने हानी र सामाधानका उपायहरूको बारेमा सूचित गर्न वातावरण विशेषज्ञहरूबाट लेख रचना प्रकाशित तथा तालिम र कार्याशाला गोष्ठीहरूको नियमित सञ्चालन हुन जरुरी देखिन्छ। यस सन्दर्भमा प्रेरणता एक धारणा यसरी राख्न चाहन्छ। पानीको फैलावटको सतह बढ्दै जाँदा पानीमाथि रहेको हावामाको आर्द्रता बढ्न जान्छ।

१. यस प्रक्रियाले पानी पर्न सक्ने सम्भावनालाई बढाउँदछ।

२. हावामा पानीको मात्रा बढ्न जाँदा हावामा रहेका धुलोका कणहरूको तौल बढ्न गई थिग्रने क्रम बढ्दछ।

३. काठमाडौंका नदीहरू बीचबीचमा हिउँदको समयमा अस्थायी चेक ड्याम निर्माण गरी पानीको फैलावट बढाउँदा, नदी तटीय क्षेत्रमा हुने सार्वजनिक अतिक्रमणको दरलाई घटाउन सकिन्छ

४. काठमाडौंको जमिन मुनिको जल भण्डार लाई पुनर्भरण गर्न सहयोगी हुन सक्ने कुरामा यस स्तम्भकार विश्वास गर्दछ।  त्यसैले, वर्तमान समयमा महानगरको नेतृत्व गरिरहेका निर्माण इंजीनियर समेत रहेका नगर प्रमुखले यस्तो किसिमको एक परियोजना रूपमा परीक्षण गर्न पाए कस्तो होला भन्ने भन्ने विचार राख्न चाहन्छु।

३. प्रदेशस्तर

विज्ञान र प्रविधिको विकाससँगै हालका दिनहरूमा घरभित्र र घर बाहिर प्रयोग हुने खालका हावा शुद्ध गर्ने मेसिनहरू बजारमा आउन थालेका छन्। आम्दानी राम्रो भएका परिवारले आफैं यस्ता किसिमका मेसिनहरू खरिद गरेर प्रयोग गर्न सक्दछन्। आम्दानी कम भएका परिवारका लागि सार्वजनिक निजी साझेदारीको अवधारणा मुताविक अत्याधिक वायु प्रदूषण भएका क्षेत्रका कम आम्दानी भएका परिवारमा लागू गरी वायु प्रदूषणको प्रभावलाई कम गर्न सकिन्छ। त्यस्तै, बढी वायु प्रदूषण गर्ने खालका उद्योगहरूमा बाहिरी हावा शुद्धीकरण मेसिनहरू जडान गरी आफ्नो उद्योग वरपरको हावा शुद्ध गर्न सहयोगी हुन सक्दछ जसमा प्रादेशिक सरकारले भूमिका खेल्न सक्दछ।    

४. संघीय तह

संघीयस्तरमा वायु प्रदूषण कम गर्न नितिगत रुपमा काम गर्न सकिन्छ। काठमाडौंको हकमा वायु प्रदूषणको मुख्य स्रोतहरूमा घना आवादी भएका क्षेत्रहरूमा इतिहासकालदेखि रहेका उद्योगहरू जस्तै इँटाभट्टा, यातायात उद्योगहरू, टेस्टाइल उद्योगहरू र डिस्टिलरीहरू मुख्य रूपमा वायु प्रदूषणका स्रोतहरू हुन्। यस्ता किसिमका उद्योगहरूलाई घना आवादी भएका क्षेत्रबाट कम आवादी भएका क्षेत्रहरूमा स्थानातरण गर्न, कर प्रणालीमा परिमार्जन तथा सम्भावित गन्तव्य स्थानहरूमा आधारभूत पूर्वाधारको विकास गर्ने काम संघीय सरकारले गर्न सक्दछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending