Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

छोराको प्रतीक्षामा रहेका बेला श्रीमान् पनि बेपत्ता

खबरडबली संवाददाता

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१, आम्बोटको भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एउटी वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ । कमेरो माटोले पोतिएको, खर र सालिमले छाएको जीर्ण घरमा ७६ वर्षीय पदमसरी राई विगत २५ वर्षदेखि हराएका एक्ला छोरा कमलकुमार राईको बाटो कुरेर बस्नुभएको छ । त्यसमाथि तीन वर्षअघि श्रीमान् धमबहादुर राई पनि बेपत्ता भएपछि उनको जीवन झन् एक्लो र पीडादायी बनेको छ ।

 २०५८ सालको हिउँदमा २२ वर्षीय कमलकुमार रोजगारीको खोजीमा आफन्तसँग भारतको कोइलाखाँद (कोइलाखानी) जानुभएको थियो । उहाँसँगै गएकाहरू गाउँ फर्किए तर कमल घर फर्किनुभएन । सुरुमा सँगै गएकाहरूले कोइलाखाँद पुगेपछि छुट्टिएको जानकारी दिए पनि त्यसयता उहाँको कुनै अत्तोपत्तो लागेको छैन । न कुनै चिठी आयो, न फोन, न त कसैले देखेको खबर नै सुनायो । पदमसरी राई भन्छन्, “सिलाङ जाने जसलाई पनि मेरो कमललाई खोजिदिनुस् भन्छु, 

तर कसैले भेटेको खबर ल्याउँदैनन् ।” उनको उमेर ढल्किएसँगै आँखा, कान र शरीरले पहिले झैँ साथ दिन छाडेको छ तर घरअगाडिको ओरालो बाटोतिर आँखा लगाएर छोरा आउने प्रतीक्षा गर्ने बानी भने आजसम्म छुटेको छैन । “मेरो छोरा मरेको भन्ने खबर मैले सुनेकी छैन,” उनी आशावादी हुँदै भन्छन्, “एक दिन अचानक घर आइपुग्छ कि भन्ने विश्वास अझै छ । उसलाई एक पटक मात्रै देख्न पाएँ भने ढुक्कसँग आँखा चिम्लिन सक्थेँ ।” 

छोराको प्रतीक्षा सकिन नपाउँदै तीन वर्षअघि श्रीमान् धमबहादुर राई पनि अचानक घरबाट निस्किएर बेपत्ता भए। त्यसयता उहाँ पनि सम्पर्कविहीन छन्। “छोराको बाटो हेर्दाहेर्दै उसको बाउ पनि कता गयो, गए,” पदमसरीको स्वर पीडाले भरिन्छ । अहिले उहाँ घरमा एक्लै बस्दै आएको छन् । जीवन धान्न केही बाख्रा, सुँगुर, कुखुरा र एउटा कुकुर पालेको छन् । तिनै पशुपन्छी अहिले उनका दैनिकीका सहारा बनेका छन् तर बढ्दो उमेरका कारण तिनको हेरचाह गर्नसमेत कठिन हुँदै गएको उनी बताउछन् । मानसिक रूपले पनि उहाँ कमजोर बन्दै जानुभएको छ । वर्षायाममा घरको खरको छानो चुहिन्छ । भित्ताको कमेरो खुइलिएको छ, कतै पर्खाल चर्किएको छ भने कतै भत्किन थालेको छ । जोखिमपूर्ण अवस्थामा पुगेको घर मर्मत गर्न आर्थिक तथा पारिवारिक दुवै आधार नहुँदा उहाँ त्यही जीर्ण घरमा बस्न बाध्य छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लघुवित्त पीडितसँग संवादका लागि सरकारको पहल, अर्थ मन्त्रालयले गठन गर्‍यो वार्ता समिति

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...

बालेनलाई सांसद राईले भने - सरकार चलाउन नसक्ने भए हात उठाए हुन्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र...

सरकारलाई नेकपाको प्रश्न: सुनसरी घटना पनि स्थानीय तहलाई जिम्मा दिने हो कि आफूले लिने हो ?’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर सरकारको भूमिका र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।...

पोखरा बसपार्कका सुकुम्वासीको अन्तिम नामावली साउन १८ मा सार्वजनिक हुने

कास्की। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन १८ गते सार्वज...

सुनसरी गोलीकाण्डमा एमालेको सरकारमाथि प्रश्न, ‘नैतिक जिम्मेवारी लिन तयार छ कि छैन ?’

काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्र...

सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले ...

राष्ट्रपति र सभामुखबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको सम...

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठ...

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा। बिर्तामोड नगरपालिका–५  भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending