काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिनेछ।
बैठकमा पछिल्लो सुरक्षा चुनौती, शान्ति–सुव्यवस्था कायम गर्ने उपाय तथा आवश्यक नीतिगत विषयमा समेत छलफल हुने जनाइएको छ।
नेपालको संविधानको भाग–२८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। रक्षा सचिवले परिषद्को सदस्य सचिवका रूपमा जिम्मेवारी निर्वाह गर्छन्।
परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार, उपकरण तथा तिनका मापदण्डसम्बन्धी नीति तर्जुमा गर्ने जिम्मेवारी पाएको छ। साथै, राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति निर्माण तथा सरकारलाई आवश्यक राय–सल्लाह दिने कार्य पनि परिषद्को प्रमुख जिम्मेवारीभित्र पर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १२:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...
श्रावण १४ गते, २०८३ - १२:२६
काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...
श्रावण १४ गते, २०८३ - १२:१६
काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...
श्रावण १४ गते, २०८३ - १२:०९
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र...
श्रावण १४ गते, २०८३ - १२:००
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर सरकारको भूमिका र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।...
श्रावण १४ गते, २०८३ - ११:४९
कास्की। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन १८ गते सार्वज...
श्रावण १४ गते, २०८३ - ११:३७
काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्र...
श्रावण १४ गते, २०८३ - ११:३१
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले ...
श्रावण १४ गते, २०८३ - ११:११
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको सम...
श्रावण १४ गते, २०८३ - १०:५४
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठ...



प्रतिकृया लेख्नुहोस्: