काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको दुई वर्षे कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको हेरफेरको विवादमा मुछिएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि पदबाट राजीनामा दिन दबाब बढेको छ।
संसदीय छानबिन समितिले खतिवडालाई सभापतिको हैसियतले नैतिक रूपमा जिम्मेवार ठहर गरेपछि कांग्रेसभित्रैबाट पनि उनलाई राजीनामा दिनुपर्ने आवाज उठेको हो। कांग्रेसका नेताहरूले यो प्रकरणमा पार्टीको साख बचाउन खतिवडाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
पार्टीभित्रको इतर समूहका नेता गुरुराज घिमिरेले नैतिकता राजनीतिको मेरुदण्ड भएको भन्दै सभापति खतिवडाले स्वेच्छाले पद त्याग्नुपर्ने धारणा व्यक्त गरे। ‘छानबिन समितिले नै प्रश्न उठाएको अवस्थामा उहाँले सभापति पदमा बसिरहनु उपयुक्त हुँदैन,’ उनले भने, ‘उहाँले राजीनामा नदिए पार्टीले निर्णय गरेर हटाउनुपर्छ।’
यसैबीच, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि छानबिन समितिको प्रतिवेदनमा दोषी देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उल्लेख भएकाले सभापति खतिवडाले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताए।
खतिवडाले भने आफूमाथि उठेका प्रश्नलाई स्वाभाविक रूपमा लिएको बताएका छन्। उनले प्रतिवेदन अध्ययन गरेर पार्टी नेतृत्व र समितिका सदस्यहरूसँग समन्वय गरेपछि मात्र निर्णय लिने प्रतिक्रिया दिएका छन्। ‘प्रतिवेदनमा मेरो हस्ताक्षर छ, म यसबाट पन्छिन सक्दिन,’ खतिवडाले भने, ‘तर जुन धारामा कुलिङ पिरियड राखिएको थियो, त्यसलाई निष्क्रिय बनाउने प्रयास कसले गर्यो भन्ने प्रश्न पनि उठ्नुपर्छ।’
उनले प्रतिनिधिसभाको बैठकबाट विधेयक पास हुँदा अरू सांसदहरूले पनि चुप लागेर समर्थन गरेको प्रसंग उठाउँदै सबैले आ–आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन्।
यो विवादले केवल खतिवडाको पदस्थापनमाथि मात्रै होइन, सिंगो कांग्रेस पार्टीको नेतृत्व, निर्णय प्रक्रिया र विधायनमा सतर्कताको अभावमाथि पनि प्रश्न उठाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: