Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कुलिङ कीर्ते- सभापति खतिवडालाई राजीनामा दिन पार्टीभित्रैबाट दबाब

खबरडबली संवाददाता

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको दुई वर्षे कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको हेरफेरको विवादमा मुछिएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि पदबाट राजीनामा दिन दबाब बढेको छ।

संसदीय छानबिन समितिले खतिवडालाई सभापतिको हैसियतले नैतिक रूपमा जिम्मेवार ठहर गरेपछि कांग्रेसभित्रैबाट पनि उनलाई राजीनामा दिनुपर्ने आवाज उठेको हो। कांग्रेसका नेताहरूले यो प्रकरणमा पार्टीको साख बचाउन खतिवडाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

पार्टीभित्रको इतर समूहका नेता गुरुराज घिमिरेले नैतिकता राजनीतिको मेरुदण्ड भएको भन्दै सभापति खतिवडाले स्वेच्छाले पद त्याग्नुपर्ने धारणा व्यक्त गरे। ‘छानबिन समितिले नै प्रश्न उठाएको अवस्थामा उहाँले सभापति पदमा बसिरहनु उपयुक्त हुँदैन,’ उनले भने, ‘उहाँले राजीनामा नदिए पार्टीले निर्णय गरेर हटाउनुपर्छ।’

यसैबीच, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि छानबिन समितिको प्रतिवेदनमा दोषी देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उल्लेख भएकाले सभापति खतिवडाले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताए।

खतिवडाले भने आफूमाथि उठेका प्रश्नलाई स्वाभाविक रूपमा लिएको बताएका छन्। उनले प्रतिवेदन अध्ययन गरेर पार्टी नेतृत्व र समितिका सदस्यहरूसँग समन्वय गरेपछि मात्र निर्णय लिने प्रतिक्रिया दिएका छन्। ‘प्रतिवेदनमा मेरो हस्ताक्षर छ, म यसबाट पन्छिन सक्दिन,’ खतिवडाले भने, ‘तर जुन धारामा कुलिङ पिरियड राखिएको थियो, त्यसलाई निष्क्रिय बनाउने प्रयास कसले गर्‍यो भन्ने प्रश्न पनि उठ्नुपर्छ।’

उनले प्रतिनिधिसभाको बैठकबाट विधेयक पास हुँदा अरू सांसदहरूले पनि चुप लागेर समर्थन गरेको प्रसंग उठाउँदै सबैले आ–आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन्।

यो विवादले केवल खतिवडाको पदस्थापनमाथि मात्रै होइन, सिंगो कांग्रेस पार्टीको नेतृत्व, निर्णय प्रक्रिया र विधायनमा सतर्कताको अभावमाथि पनि प्रश्न उठाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending