नवलपुर । नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् ।
अदालतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गत वर्षका बाँकी ४४९ र नयाँ दर्ता भएका एकहजार ३५३ गरी कुल एक हजार ८०२ मुद्दा दर्ता भएका थिए ।
तीमध्ये ६४३ वटा सम्बन्धविच्छेदका मुद्दा रहेको तथ्यांक छ । अदालतका स्रेस्तेदार गम्भीर घिमिरेका अनुसार सम्बन्धविच्छेदका मुद्दाहरूलाई सकेसम्म श्रीमान्–श्रीमतीबीच छलफल गराएर मेलमिलापको प्रयास गरिन्छ । आर्थिक वर्ष २०८१/८२ मा गत वर्षका बाँकी ४२६ र नयाँ दर्ता ८७६ गरी कुल एक हजार ३०२ मुद्दा फर्स्योट भएको न्यायाधीश कमलप्रसाद ज्ञवालीले बताए ।
नवलपुर जिल्ला अदालतको तथ्यांकअनुसार दर्ता हुने मुद्दामध्ये एक तिहाइभन्दा बढी सम्बन्धविच्छेदका छन् । कुल एक हजार ८०२ मुद्दामध्ये एक हजार ३०२ मुद्दाको फैसला भएको न्यायाधीश ज्ञवालीले जानकारी दिए ।
अदालतले यस वर्ष एक हजार ३१५ मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेको थियो । तर, गत वर्षका २३ र आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएकामध्ये ४७७ गरी कुल ५०० मुद्दा फैसला हुन बाँकी छन् । बाँकी मुद्दामध्ये २३२ सरल, २५३ सामान्य र १५ विशेष प्रकारका मुद्दा रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: