काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक विषय टुंग्याउन मंगलबार महासंघका पदाधिकारीसँग छलफल गरेको छ ।
महासंघको केन्द्रीय कार्यालयमा भएको छलफलमा फोनिजले महासंघको २७ औं महाधिवेशनको म्यान्डेटअनुसार त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता र इतिहास विभागसहितको विज्ञ समिति गठन गरी यो विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ ।
महासंघका कार्यबाहक अध्यक्ष दिपक आचार्यले महाधिवेशनको म्यान्डेट र सबैको परामर्शअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए । उनले संस्थापक विषय गम्भीर भएकोले आवश्यक छलफल गरी निष्कर्षमा पुग्न महासंघ तयार रहेको बताए ।
महासंघका अध्यक्ष निर्मला शर्मा हाल विदेशमा रहेकाले उनले फर्किएपछि यो छलफलको जानकारी लिने र अघि बढ्ने बताइन् । उनले यो विषय फोनिजको मात्र नभई समग्र पत्रकारको साझा मुद्दा भएकोले सबै गम्भीर हुनुपर्ने धारणा राखिन् ।
फोनिजका सल्लाहकार संयोजक गजुरधन राईले महाधिवेशनको म्यान्डेटलाई महासंघले बेवास्ता गर्न नहुने भन्दै विज्ञ समिति गठन गरी छिटो काम अघि बढाउन सुझाए । सल्लाहकार खिम घलेले महासंघले यो विषयमा चासो नदेखाएकाले समस्या समाधान नभएको बताए । प्रेस सेन्टरका महासचिव मनोज घर्तीले पनि अध्ययन समिति गठनमा ढिलाइ नगर्न सुझाए ।
फोनिजका अध्यक्ष लक्की चौधरीले विज्ञ समितिको प्रतिवेदन सबैले स्वीकार गर्ने र संस्थापक विषय ७४ वर्षदेखि विवादमा रहनु दुखद् भएको बताए ।
उनले वि.सं. २००८ वैशाख ८ मा ‘नेपाल टुडे’ का सम्पादक सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ गठन भएको, तर महासंघले २०१२ चैत १६ मा पुनर्गठन भएको संघलाई मान्यता दिंदै आएको उल्लेख गरे । महासंघको २७ औं महाधिवेशनको घोषणापत्रले त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी तथ्य र प्रमाणका आधारमा यो विषय टुंग्याउन निर्देशन दिएको छ ।
छलफलमा महासंघका उपाध्यक्ष नितु पण्डित, उमिद बागचन्द, महासचिव रामप्रसाद दाहाल, प्रेस चौतारीका सन्दीप राई, फोनिजका महासचिव समिर बलामी लगायतले यो विषय छिटो टुंग्याउन जोड दिए । फोनिजले गत वैशाख २० मा विज्ञ समिति गठन गर्न तीन महिनाको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो । तर, तीन महिनापछि पनि प्रगति नभएको भन्दै फोनिजले पुनः छलफल गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: