विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लामा गत माघ १५ यता ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मोरङमा ८, सुनसरीमा १२ र झापामा २ गरी कुल २२ ट्रान्सफर्मर चोरी भएका थिए । यी चोरीका घटनामा संलग्न १२ जनालाई पक्राउ गरिएको छ । जसमा ७ जना चोर र ५ जना चोरीको सामान खरिद गर्ने व्यक्ति छन् ।
यो गिरोहले कृषि प्रयोजन र एकान्त स्थानमा राखिएका ट्रान्सफर्मरलाई निशाना बनाउने गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्ने चोरहरूमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भई सुनसरीको दुहबी–४ मा ससुराली बस्दै आएका ३४ वर्षीय आलम मिया छन् ।
चोरीको सामान खरिद गर्नेहरूमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरीको दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सिताराम राई पक्राउ परेका छन् ।
प्रहरीका अनुसार यो गिरोहले २ करोड मूल्य बराबरका २२ ट्रान्सफर्मर चोरी गरेको थियो । चोरीमा प्रयोग भएका औजारहरूमा २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, ३ थान पिलास, ३ थान पेचकस, १ थान छिनो, १ थान साङ्लो, १ थान कैँची र ३ थान ह्याक्सो ब्लेड बरामद गरिएको छ । साथै, चोरीमा प्रयोग भएका ६ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
यो गिरोहले गत माघ १५ देखि चोरी सुरु गरेको थियो । साउन ९ गते मोरङको रंगेली नगरपालिका–९, इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरीले यो गिरोहलाई पत्ता लगाएको हो । ट्रान्सफर्मर चोरीको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: