Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

बङ्गलादेशका पूर्वप्रधानमन्त्रीको कार्यालय क्रान्ति सङ्ग्रहालय बन्दै

खबरडबली संवाददाता

ढाका । कुनै बेला कडा सुरक्षा भएको दरबार अर्थात् बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवासलाई उनको निरङ्कुश शासनको चिरकालीन सम्झना दिलाउन सङ्ग्रहालयमा परिणत गर्न थालिएको छ।

सन् २०२४ को अगष्ट ५ मा हसिना हेलिकप्टरबाट भारत भागेपछि ढाका दरबारको छतमा झण्डा फहराइरहेका भीडको तस्बिरले उनको सरकार ढाल्ने विद्यार्थी नेतृत्वको आन्दोलनको अवस्थाको चित्रण गरेको छ ।

करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्रमा अझै पनि राजनीतिक उथलपुथल कायमै रहेको अवस्थामा एक वर्षपछि पनि गणभवन दरबारले भविष्यका लागि सन्देश दिने अधिकारीहरूले आशा गरेका छन् ।

उनको शासनको निन्दा गर्दै भित्तामा कोरिएका सङ्केतहरू यथावत राखिएका छन् । भित्तामा कोरिएका सङ्केतमध्ये एकमा लेखिएको छ, “स्वतन्त्रता ! हामी न्याय चाहन्छौँ।”

हसिनाको शासनकालमा राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या गर्नेजस्ता व्यापक मानव अधिकार उल्लङ्घन भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाईदेखि अगष्टसम्मको अवधिमा सत्तामा टिकिरहने असफल प्रयासमा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

सतहत्तर वर्षीया पूर्वप्रधानमन्त्री हसिनाले ढाकामा मानवताविरुद्धको अपराधको अभियोगमा चलिरहेको सुनुवाइमा उपस्थित हुन अदालतको आदेशको अवहेलना गरेका छन् ।

भावी पुस्ताको लागि सुरक्षित कैयौँ अन्यसन्देशमध्ये अर्को एक सन्देशमा लेखिएको छ, “तानाशाह ! हत्यारा हसिना !”

पूर्व प्रधानमन्त्रीको कार्यालयलाई सङ्ग्रहालयमा रूपान्तरण गर्दा ‘उहाँको कुशासन र सत्ताबाट हटाउँदा जनताको आक्रोशको सम्झना जोगाउने’ सन् २०२६ को सुरुमा चुनाव नहुञ्जेल कामचलाउ सरकारको नेतृत्व गरिरहेका ८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले बताए।

– फासीवादको प्रतीक –

अधिकारकर्मी तथा डकुमेन्ट्री फोटोग्राफर २७ वर्षीया मोस्फिकुर रहमान जोहानलगायतका हजारौं व्यक्तिले हसिनाको शयनकक्षमा पालोपालो गरी नाचेका थिए, भान्साकोठा भेटेको खाना खाएका थिए र हसीनाले माछा पालेको तालमा पौडी खेलेका थिए ।

“यसले विगतको आघात, विगतको पीडा र प्रतिरोधको कल्पना र प्रतीकलाई संरक्षण गर्नेछ,” उनले भने । उनले थपे, “गणभवन फासीवादको र निरंकुश शासनको प्रतीक हो।”

यो भवन हसिनाका पिता, बङ्गलादेशका प्रथम नेता शेख मुजिबुर रहमानले निर्माण गरेका थिए र हसिनाले आफ्नो १५ वर्षको शासनकालमा यसलाई आफ्नो आधिकारिक निवास बनाएका थिए ।

निर्माणाधीन सङ्ग्रहालयका क्युरेटर तान्जिम वहाबले एएफपीसँग कुरा गर्दै सङ्ग्रहालयमा प्रदर्शनमा मारिएका प्रदर्शनकारीका कलाकृति समावेश गरिने बताए ।

उनीहरुको जीवनकथा फिल्म र फोटोग्राफको माध्यमबाट सुनाइनेछ भने हसिनाको शासनको लामो अवधिमा सुरक्षा फौजद्वारा मारिएका व्यक्तिको नाम पनि त्यहाँ राखिनेछ ।

वहाबले भने, “संग्रहालयको प्रमुख उद्देश्य विगतलाई प्रदर्शन गर्ने हो । यसले लामो समयदेखिको कुशासन र उत्पीडनलाई फर्केर हेर्न सहयोग गर्नेछ ।”

उनले भने, “मलाई विश्वास छ, यो परियोजनाको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो।” वहाबले सङ्ग्रहालयमा ‘एनिमेसन’ र अन्तरक्रियात्मक सामग्रीहरू राखिने छ ।

“हामी युवाहरू यसलाई लोकतान्त्रिक विचार, नयाँ सोच र नयाँ बङ्गलादेश कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल गर्ने मञ्चका रूपमा प्रयोग गन चाहन्छौँ,” वहाबले भने ।

– ‘तानाशाहका मूर्ति’ –

अन्तरिम नेता युनुसले चुनावअघि सुनिश्चित गर्न चाहेका लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने वाचा गरेसँगै राजनीतिक दलहरू सत्ताका लागि होडबाजी चल्दा प्रयासहरू सुस्त भएका छन्।

क्रान्तिको एक वर्षे वार्षिकोत्सवको पूर्वसन्ध्यामा ह्युमन राइट्स वाचले चेतावनी दिँदै अन्तरिम नेता युनुसलेसामना गर्नुपरेका चुनौतीहरू अथाह भएको जनाएको छ ।

एचआरडब्लुले भनेको छ, “बङ्गलादेशीहरूको अधिकारको रक्षा गर्नुको सट्टा हसिनाका समर्थकहरूमाथि प्रतिशोध लिनमा बढी केन्द्रित हिंस्रक धार्मिक कट्टरपन्थी र राजनीतिक समूहका गतिविधिका कारण अन्तरिम सरकार अड्केको जस्तो देखिन्छ ।”

हसिनाको दरबारको संरक्षण गरिरहँदा प्रदर्शनकारीहरूले उनको शासनका अन्य थुप्रै दृश्यचिन्हहरू च्यातेका छन् । हसिनाका पिताको मूर्ति भत्काइएको छ र दुवैको चित्र च्यातेर जलाइएको छ ।

प्रदर्शनकारीहरूले हसिनाले आफ्ना पिता शेख मुजिबुर रहमानको घरलाई का लागि उनकै कामको संस्मरणमा सङ्ग्रहालयमा परिणत गरेका थिए । हमानका ऐतिहासिक घर भत्काउने भीडमा रहेका एक प्रदर्शनकारी मुहिबुल्लाह अल मस्नुनले भने, “तानाशाहको पतनसँगै उसका आकर्षण पनि अन्त्य हुन्छन् ।”

बङ्गलादेशलाई राम्रो भविष्यतर्फ अघि बढाउन यस्ता चिह्न हटाउन आवश्यक रहेको २३ वर्षीया छात्रा मस्नुनले बताए । “ती तानाशाहका मूर्तिहरू थिए,” मस्नुनले भने । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending