काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।
उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।
प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय, पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिका सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार, महाभारतका प्रहरी हवल्दार बासुदेव खड्का तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटी रहेका छन्। शिवाकोटी समितिका सदस्य–सचिव हुन्।
समितिलाई दुर्घटनाको वास्तविक अवस्था, दुर्घटनाको कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेकाले घटनाको निष्पक्ष र तथ्यपरक अनुसन्धानका लागि समिति गठन गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...
जेष्ठ ३० गते, २०८३ - १३:०५
हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...
जेष्ठ ३० गते, २०८३ - १२:५१
बनेपा। विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्...
जेष्ठ ३० गते, २०८३ - १०:४६
काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...
जेष्ठ ३० गते, २०८३ - १०:२४
विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...
जेष्ठ ३० गते, २०८३ - ०९:५६
काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...



प्रतिकृया लेख्नुहोस्: