Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

माओवादी बैठक: जनार्दन शर्माको चर्को आलोचना, पार्टी र नेतृत्व बलियो बनाउन माग

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा पार्टीका नेता जनार्दन शर्मा 'प्रभाकर' को चर्को आलोचना भएको छ । 

बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले शर्माको पछिल्लो अभिव्यक्ति र भूमिकाले पार्टीलाई नै क्षति पुगेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । बैठकमा सहभागी नेताहरूले पार्टी नेतृत्व, एकता र सिद्धान्तको पक्षमा दृढ उभिनुपर्ने धारणा राख्दै जनार्दन शर्माले सार्वजनिक रूपमा पार्टीविरुद्ध दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

‘सधैं सत्तामा बसेर अहिले किन पर गइयो: चक्रपाणि खनाल

पार्टी नेता चक्रपाणि खनाल ‘बलदेव’ले जनार्दन शर्माले विगतमा निरन्तर सत्ता र शक्तिमा बसेको स्मरण गर्दै, हाल आएर पार्टी नेतृत्वविरुद्ध उत्रिनु अनुचित भएको बताए । “जनार्दनजी सधैं सत्तामा हुनुहुन्थ्यो । हामीले पनि उहाँलाई साथ दिएकै थियौं । तर अहिले किन यति धेरै पर पुग्नुभयो ? उहाँले यो गल्ती सच्चाउनुपर्छ,” उनले भने ।

पार्टी माइनुटमा हस्ताक्षर नगर्ने र नेतृत्वको आलोचना राम्रो होइन: लिलामणि पोख्रेल

अर्का नेता लिलामणि पोख्रेलले पनि जनार्दन शर्माले पछिल्लो समय सार्वजनिक रूपमा नेतृत्वविरुद्ध बोलेको विषय आपत्तिजनक रहेको बताए । उनले भने, “बाहिर जसरी नेतृत्वको आलोचना भइरहेको छ, त्यो कुनै हालतमा सही होइन। पार्टी माइनुटमा हस्ताक्षर नगर्नु, बाहिर गएर बोल्नु — यी कुरा जनार्दनसँग विचार नभएर एजेण्डा मात्रै रहेको देखिन्छ । समस्या भएभित्रै छलफल गर्नुपर्छ ।”

प्रभाकरको यस्तो व्यवहार अस्वीकार्य: हरिबोल गजुरेल

नेता हरिबोल गजुरेलले पार्टीको संवेदनशील समयमा जनार्दन शर्माले देखाएको व्यवहारले थप समस्या सिर्जना गरेको बताए । “ओली भर्सेस प्रचण्ड भनेर बहस भइरहँदा पार्टीभित्रै यस्तो कदम चाल्नु हुँदैनथ्यो । कम्युनिस्ट पार्टीमा उत्तराधिकारी भन्ने कुरा हुँदैन, सैद्धान्तिक बहस हुनुपर्छ,” गजुरेलले भने । उनले जनार्दन शर्मालाई लामो समयदेखि पार्टीले विशेष भूमिका दिएको तर त्यसको दुरुपयोग भएको आरोप पनि लगाए ।

पार्टीमा संकट आउँदा यस्तै दोहोरिन्छ: शक्तिबहादुर बस्नेत

नेता शक्तिबहादुर बस्नेतले माओवादी आन्दोलनको इतिहासमा पार्टी जब कमजोर वा संकटमा पर्छ, त्यही बेलामा व्यक्तिवादी गतिविधि बलियो हुने गरेको बताए । उनले भने, “पार्टीमा समस्या आउँदा यस्तै गतिविधिहरू दोहोरिने गरेका छन् । तर नेतृत्व बलियो भयो भने पार्टी बलियो हुन्छ । त्यसैले व्यक्तिगत आकांक्षा होइन, संगठनात्मक नीति र अनुशासनमा जोड दिन जरुरी छ ।”

बैठकमा अधिकांश नेताहरूको धारणा अनुसार, पार्टीको आन्तरिक विषयहरू सार्वजनिक रूपमा लैजानु अनुचित भएको र त्यसले संगठन र आन्दोलन दुवैलाई क्षति पुर्‍याउने चिन्ता व्यक्त गरिएको छ । नेताहरूले नेतृत्वको ड्यामेज गर्ने प्रयासहरू रोक्नुपर्ने र पार्टीको अनुशासनमा सबै नेता कार्यकर्ताले बाँधिनुपर्नेमा एकमत देखिएको स्रोत बताउँछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending