म्याग्दी । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा म्याग्दी जिल्लाका विभिन्न क्षेत्रमा ८७४ घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।
केन्द्रका प्रमुख सत्यनारायण गामीले मालिका गाउँपालिका–३ को पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार धवलागिरि गाउँपालिका–२ को लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, वडा नं ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा छ । पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडानको काम सकिएकाले मिटर जडानपछि यी क्षेत्रमा विद्युतीकरण पूर्ण हुनेछ ।
गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइन सुधारिएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनमार्फत मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सुरु भएको छ ।
धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले सोलार, मट्टितेलको टुकी र दियालोमा निर्भर स्थानीयवासीमा विद्युत् पुगेपछि खुसीयाली छाएको बताए । विद्युतीकरणले घरायसी काम, विद्यार्थीको पढाइ र उद्यम–व्यवसाय सञ्चालनमा सहजता आएको छ ।
म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २३ हजार ८६९ ग्राहक छन् । आव २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८ र २०७८/७९ मा ७७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज र वारीबेनीमा पनि मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण भइरहेको छ ।
प्राधिकरणले आव २०८०/८१ देखि म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा विद्युत् विस्तारका लागि २२ करोड रुपैयाँको योजना सञ्चालन गरेको छ । गत वर्ष एक करोड ७३ लाख ९५ हजार ७९७.७१ युनिट विद्युत् खपत हुँदा २० करोड ३३ लाख ६३ हजार ३८१ रुपैयाँ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने १४५ ग्राहकको लाइन काटेर १३ लाख ४५ हजार ४०७ रुपैयाँ बक्यौता असुल गरिएको छ ।
प्राधिकरणका अनुसार ६० दिनसम्म महसुल नबुझाउनेको लाइन काटिन्छ भने छ महिनासम्म नबुझाउनेलाई कालोसूचीमा राखिन्छ । कालोसूचीमा परेका एक जनाबाट ७७ हजार र ११ जनाबाट २ लाख ७८ हजार ९०४ रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: