Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

खबरडबली संवाददाता

कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन् । उनीहरुले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए ।

वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ । मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ । दुनाटपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताइन् । उनले भनिन्, ‘यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ । जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ ।’

दिनमा एक हजार दुना र ३०० जति टपरी उत्पादन गर्दै आएको उनले बताइन् । जसबाट मासिक रु ३० हजार जतिको कारोबार हुने गरेको छ । दुना सानो साइजको रु ७० पैसा, एक नम्बरको रु ८०, दुई नम्बरको रु एक, तीन नम्बरको डेढ रुपैयाँ र टपरी रु साढे तीनमा बिक्री गर्ने गरेको उनले बताइन् ।

दुनाटपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताइन् । यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद्, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठूलो समस्या टर्ने गरेको उनको भनाइ छ ।

दुनाटपरी कारोबारबाट दुई वर्षयता समूहमा बचत गरेको रु ६० हजारका दरले एक जनाको भाग परेको उनले बताइन् । ‘सुरुमा कामको खोजीमा थियौँ, के गर्ने, कसो गर्ने भन्ने अन्यौलमा थियौँ’, उनले भनिन्, ‘जब वडाबाट तालिम लियौँ आफ्नो हातमा सीप भइसकेपछि हिजोआज ढुक्कले घर खर्च चलिरहेको छ ।’

सुरु सुरुमा दुनाटपरी बिक्रीका लागी समस्या हुने गरेता पनि हिजोआज समस्या नभएको समूहकी सविता चौधरीले बताइन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending