जनकपुर । मधेश प्रदेशमा सङ्घीय सरकारले तीन महिनाका लागि घोषित विपद् सङ्कटग्रस्त क्षेत्रमा आधाभन्दा बढी खेतीयोग्य जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । कुल पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिनमध्ये ५७.२७ प्रतिशत अर्थात् दुई लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मधेशका चार जिल्ला—बारा, पर्सा, रौतहट र सर्लाहीमा धान रोपाइँको अवस्था सन्तोषजनक छ । तथ्याङ्कअनुसार पर्सामा ८५ प्रतिशत, बारामा ८३ प्रतिशत, रौतहटमा ७३ प्रतिशत र सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. सरोज चौधरीले यी जिल्लाहरूमा रोपाइँको प्रगति राम्रो भएको बताए ।
यद्यपि, मधेश सरकारले सुक्खा क्षेत्र घोषणा गरेका आठ जिल्लामध्ये चार जिल्ला—महोत्तरी, सप्तरी, धनुषा र सिरहामा धान रोपाइँको अवस्था नाजुक छ । यी जिल्लाहरूमा ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । महोत्तरीमा ३९.७३ प्रतिशत, सप्तरी र धनुषामा ४० प्रतिशत, र सिरहामा ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । अपर्याप्त वर्षा र सिँचाइको अभावले रोपाइँ प्रभावित भएको किसानहरूले गुनासो गरेका छन् ।
किसान बौआलाल यादवले बोरिङको पानीसमेत कम हुँदा धानको बिउ ब्याडमै सुकेको र रोपिएको धान जोगाउन चिन्ता बढेको बताए । अर्का किसान श्याम यादवले सिँचाइ, मलखाद, बीउ, सस्तो ऋण र विद्युतको अभावले किसानहरू समस्यामा परेको गुनासो गरे । उनले सरकारले सङ्कटपूर्व तयारी नगरेको र सङ्कट आएपछि मात्र योजना बनाउने प्रवृत्तिले समस्या निम्त्याएको बताए ।
कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले कमला र बागमती नदीको पानी डाइभर्ट गरेर सिँचाइ सुविधा विस्तार गर्नु दीर्घकालीन समाधान भएको बताए । “मधेशको बाली सुकेमा पहाडसम्म खाद्यान्न सङ्कट हुन्छ,” उनले भने । नदीको पानीलाई बाँधेर क्यानलमार्फत पूर्व–पश्चिम वितरण गर्न सकिए सुक्खाको समस्या स्थायी रूपमा समाधान हुने उनको भनाइ छ ।
मधेशको कृषि मन्त्रालयले तत्काल सिँचाइ सुविधा पुर्याउन स्यालो ट्युबवेल, समरसिबल ट्युबवेल र सोलार पम्प जडानका लागि आवेदन माग गरेको छ । किसानहरूले यी कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: