काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्तर्गत प्रकाशन गरिने बताएका छन् । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिए ।
हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको मन्त्री गुरुङले बताए । उनका अनुसार बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजातहरु मन्त्रालय अन्तर्गत सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्नेछ । उनले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालिनाली संरक्षण जरुरी रहेको पनि बताए ।
विभागले ल्याएको नयाँ टिकटहरुमा नेपालका जात्राहरुअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दीरहरुमा बालकुमारी मन्दीर (ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवी मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर (गोरखा), बैतेश्वर महादेव मन्दिर (दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान विष्णु कौडेना सर्लाही बाह्रौँ-तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौं, त्यसैगरी, नेपालका शिक्षाविद्हरु अन्तर्गत ई. कुल रत्न तुलाधर, शंकरदेव पन्त, पं. ऋषिराम पन्थी गरी १४ वटा टिकट रहेका छन् ।
कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक “नेपाल हुलाक टिकट (वि.सं. १९३५–२०८२०) पनि लोकार्पण गरिएको छ । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको वि.सं. १९३५ देखि २०८२ सम्म प्रकाशन भएका हुलाकका टिकटहरुको विवरण उल्लेख छ ।
विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेजसमेत बन्दै आएको बताए । उनले देश विदेशमा प्रचार गर्ने र पर्यटन प्रवर्धनमा हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिए । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १८:००
कालिकाेट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम कालीकोट निर्...
पौष १७ गते, २०८२ - १७:५६
काठमाडौँ । सरकारले सन् २०२५ लाई नेपाल पर्यटनको निर्णायक वर्षका रूपमा अघि सारे पनि वर्षको अन्त्यमा नतिजा भने मिश्रित देखिएको छ । नेपाल पर्यटन बोर्ड...
पौष १७ गते, २०८२ - १७:४८
केन्या । नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन्। झुपडीको काठ...
पौष १७ गते, २०८२ - १७:४६
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल भएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्...
पौष १७ गते, २०८२ - १७:४२
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गरेक...
पौष १७ गते, २०८२ - १७:२०
कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) सरकारले डिसेम्बरको सुरुदेखि देशको पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा ब...
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...




प्रतिकृया लेख्नुहोस्: