म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान वितरणका लागि प्रक्रिया सुरु गरेको छ ।
अनुदान कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा संलग्न भएका,बेरोजगार युवा तथा कृषि पेसामा लागेका किसानहरुको मनोबल उच्च राखि लगानी प्रवर्धनमा सहयोग पुर्याउन बेनी नगरले उत्पादनमा आधारित अनुदान वितरण गर्न लागेको हो ।
नगरले उत्पादनमा आधारित अनुदान वितरणका लागि चालु आर्थिक वर्षमा २४ लाख पचास हजार रुपियाँ विनियोजन गरेको छ । चालु आवमा अनुदान वितरणका नगरपालिकाले किसानहरुबाट निवेदन माग गरिएको बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । आव २०७९/०८० देखि सुरु गरेको उत्पादनमा आधारित अनुदान प्रणालीलाई थप व्यवस्थित र बजेट पनि बढाउँदै लगेको उनले बताए ।
नगरलाई ताजा तरकारी, मासु र दूधमा आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले बताए । उनका अनुसार उत्पादनमा आधारित अनुदानका लागि चालु आवमा बाख्रापालनतर्फ आठ लाख ७५ हजार रुपियाँ, दूध उत्पादनतर्फ पाँचलाख ७५ हजार रुपियाँ र तरकारी खेतीका लागि दशलाख रुपियाँ विनियोजन गरिएको छ ।
नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८० बनाएर कार्यान्वयन गर्दै आएको नगरप्रमुख केसीले बताए । कार्यविधि अनुसार किसानलाई अनुदान वितरणको व्यवस्था मिलाइएको उनको भनाइ छ । अनुदान पाउनका लागि नगरपालिकाले किसानहरुलाई लद्यु उद्यमी,साना उद्यमी,मझौला र व्यावसायिक गरी चार वर्गमा विभाजन गरेको छ ।
अनुदानका लागि छनाेट भएका लघु उद्यमीलाई पन्ध्रहजार रुपियाँ, साना उद्यमीलाई २५ हजार रुपियाँ, मझौला उद्यमीलाई ३५ हजार रुपियाँ र व्यावसायिक उद्यमीलाई ४५ हजार रुपियाँ अनुदान वितरण गरिने नगरपालिकाले जनाएको छ ।
उक्त अनुदान पाउनका लागि गाई,भैंसी पाल्ने लघु किसानले ३ देखि ४ वटा दहुना गाई भैंसी पालन गरी मासिक रुपमा ५०० देखि ६०० लिटरसम्म दूध उत्पादन गरी बिक्री गरेको हुनुपर्ने, बाख्रापालक किसानले ८ देखि १२ वटा र तरकारी उत्पादन गर्ने किसानले एक रोपनी जमिनमा खेती गरी मासिक रुपमा एकसय केजी तरकारी उत्पादन गरी बिक्री गरेको हुनुपर्नेछ ।
यसैगरी साना उद्यमीले ५ देखि ८ वटा दुहुना गाई भैंसी पालन गरी मासिक रुपमा सातसय देखि एकहजार एकसय लिटर दूध उत्पादन गरी बिक्री गरेको,बाख्रापालन किसानले १३ देखि १९ वटा माउ बाख्रा पाल्नुपर्ने र ताजा तरकारी उत्पादन गर्ने किसानले दुई रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा दुईसय केजी तरकारी बिक्री गरेको हुनु्पर्नेछ ।
यसैगरी मझौला किसानले ९ देखि १३ वटा दुहुना गाई, भैंसी पालेर मासिक रुपमा १२ सय देखि १४ सय लिटर दूध उत्पादन गर्नुपर्ने, बाख्रापालक किसानले २० देखि २९ वटा बाख्रा पाल्नुपर्ने र तरकारी खेती गर्ने किसानले चार रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गरी चारसय केजी तरकारी बिक्री गरेको हुनुपर्ने छ ।
यस्तै व्यावसायिक किसानले १४ भन्दा बढी दुहुना गाई, भैंसी पालन गरी मासिक रुपमा एकहजार पाँच सय लिटरभन्दा बढी दूध बिक्री वितरण गरेको हुनुपर्ने,बाख्रपालन तर्फ किसानले ३० भन्दा बढी बाख्रापालन गरेको हुनुपर्ने र तरकारी उत्पादन गरेको व्यावसायिक किसानले ८ सय रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा ८ सय केजी तरकारी बिक्री गरेको हुनुपर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: