Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

किसानलाई उत्पादनमा आधारित अनुदान

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान वितरणका लागि प्रक्रिया सुरु गरेको छ । 

अनुदान कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा संलग्न भएका,बेरोजगार युवा तथा कृषि पेसामा लागेका किसानहरुको मनोबल उच्च राखि लगानी प्रवर्धनमा सहयोग पुर्याउन बेनी नगरले उत्पादनमा आधारित अनुदान वितरण गर्न लागेको हो ।

नगरले उत्पादनमा आधारित अनुदान वितरणका लागि चालु आर्थिक वर्षमा २४ लाख पचास हजार रुपियाँ विनियोजन गरेको छ । चालु आवमा अनुदान वितरणका नगरपालिकाले किसानहरुबाट निवेदन माग गरिएको बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । आव २०७९/०८० देखि सुरु गरेको उत्पादनमा आधारित अनुदान प्रणालीलाई थप व्यवस्थित र बजेट पनि बढाउँदै  लगेको उनले बताए । 

नगरलाई ताजा तरकारी, मासु र दूधमा आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले बताए । उनका अनुसार उत्पादनमा आधारित अनुदानका लागि चालु आवमा बाख्रापालनतर्फ आठ लाख ७५ हजार रुपियाँ, दूध उत्पादनतर्फ पाँचलाख ७५ हजार रुपियाँ र तरकारी खेतीका लागि दशलाख रुपियाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८० बनाएर कार्यान्वयन गर्दै आएको नगरप्रमुख केसीले बताए । कार्यविधि अनुसार किसानलाई अनुदान वितरणको व्यवस्था मिलाइएको उनको भनाइ छ । अनुदान पाउनका लागि नगरपालिकाले किसानहरुलाई लद्यु उद्यमी,साना उद्यमी,मझौला र व्यावसायिक गरी चार वर्गमा विभाजन गरेको छ ।

अनुदानका लागि छनाेट भएका लघु उद्यमीलाई पन्ध्रहजार रुपियाँ, साना उद्यमीलाई २५ हजार रुपियाँ, मझौला उद्यमीलाई ३५ हजार रुपियाँ र व्यावसायिक उद्यमीलाई ४५ हजार रुपियाँ अनुदान वितरण गरिने नगरपालिकाले जनाएको छ । 

 उक्त अनुदान पाउनका लागि गाई,भैंसी पाल्ने लघु किसानले ३ देखि ४ वटा दहुना गाई भैंसी पालन गरी मासिक रुपमा ५०० देखि ६०० लिटरसम्म दूध उत्पादन गरी बिक्री गरेको हुनुपर्ने, बाख्रापालक किसानले ८ देखि १२ वटा र तरकारी उत्पादन गर्ने किसानले एक रोपनी जमिनमा खेती गरी मासिक रुपमा एकसय केजी तरकारी उत्पादन गरी बिक्री गरेको हुनुपर्नेछ । 

यसैगरी साना उद्यमीले ५ देखि ८ वटा दुहुना गाई भैंसी पालन गरी मासिक रुपमा सातसय देखि एकहजार एकसय लिटर दूध उत्पादन गरी बिक्री गरेको,बाख्रापालन किसानले १३ देखि १९ वटा माउ बाख्रा पाल्नुपर्ने र ताजा तरकारी उत्पादन गर्ने किसानले दुई रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा दुईसय केजी तरकारी बिक्री गरेको हुनु्पर्नेछ । 

यसैगरी मझौला किसानले ९ देखि १३ वटा दुहुना गाई, भैंसी पालेर मासिक रुपमा १२ सय देखि १४ सय लिटर दूध उत्पादन गर्नुपर्ने, बाख्रापालक किसानले २० देखि २९ वटा बाख्रा पाल्नुपर्ने र तरकारी खेती गर्ने किसानले चार रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गरी चारसय केजी तरकारी बिक्री गरेको हुनुपर्ने छ । 

यस्तै व्यावसायिक किसानले १४ भन्दा बढी दुहुना गाई, भैंसी पालन गरी मासिक रुपमा एकहजार पाँच सय लिटरभन्दा बढी दूध बिक्री वितरण गरेको हुनुपर्ने,बाख्रपालन तर्फ किसानले ३० भन्दा बढी बाख्रापालन गरेको हुनुपर्ने र तरकारी उत्पादन गरेको व्यावसायिक किसानले ८ सय रोपनी क्षेत्रफलमा तरकारी खेती गरी मासिक रुपमा ८ सय केजी तरकारी बिक्री गरेको हुनुपर्नेछ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचनकाे लागि कालीकोटबाट प्रचण्ड एकल सिफारिस

कालिकाेट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम कालीकोट निर्...

जेन–जी आन्दोलनको असर, पर्यटन वृद्धिदर सुस्त

काठमाडौँ । सरकारले सन् २०२५ लाई नेपाल पर्यटनको निर्णायक वर्षका रूपमा अघि सारे पनि वर्षको अन्त्यमा नतिजा भने मिश्रित देखिएको छ ।  नेपाल पर्यटन बोर्ड...

तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा

केन्या ।  नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन्। झुपडीको काठ...

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल भएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्...

किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गरेक...

हिंसामा १५ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको कङ्गोको दाबी

कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) सरकारले डिसेम्बरको सुरुदेखि देशको पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा ब...

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending