Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

काेदाे खेती गर्ने किसान घट्दै

खबरडबली संवाददाता

पाल्पा । देशको चौथो मुख्य बाली  कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । 

कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ । कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न गर्नसकिने उनीहरूको भनाइ छ ।

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्वपूर्ण बालीका रुपमा लिइन्छ । चितवनमा पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको छ । 

कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा वार्षिक  एक हजार ५० हेक्टरमा कोदोखेती हुँदै आएको छ । इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदोखेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन् । उनले भने, ‘कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।’
 
कोदोखेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको त्यहाँबाट हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । पर्याप्त आम्दानी नहुने भएकाले उनीहरू वैकल्पिक खेतीमा लागेका रामप्रसादराई–६ का किसान राजेन्द्र राईले बताए । ‘आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन हरायो’, उनले भने ।

जिल्लाको ६ हजार हेक्टर जमिन कोदोबालीका निम्ति उपयुक्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  स्थानीय बजारमा कोदो प्रतिपाथी रु १५० देखि १६० सम्ममा विक्री हुने गरेको छ । 

तानसेनबाट रासस प्रतिनिधिले पठाएको समाचारअनुसार दश अघिसम्म  पाल्पाका गामीण भेगमा कोदोखेती हुने गरेकामा हाल ती क्षेत्रका बारी र टारी बाँझै छन् । कोदोखेतीमा अब्बल मानिएका बगनासकाली र रैनादेवी छहरामा पनि खेती गर्ने घटेका छन् । युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदोखेती हुन छाडेको हो । यद्यपि जिल्लाका निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँहरुमा कोदोखेती हुने गरेको छ ।

पाल्पामा आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएकामा आव  २०८१/०८२ मा आएर दुई हजार ३४९  हेक्टरमा  झरेको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेयले बताए । जिल्लाका किसान कोदोको सट्टा फलफूलतर्फ आकर्षित भएका उनले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको ...

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध...

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

वासिङ्टन । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसला...

स्विस आल्प्समा बार आगलागी

स्विट्जरल्यान्ड । स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीब...

युक्रेनको खेरसन क्षेत्रमा रुसकाे ड्रोन आक्रमण २४ जनाको मृत्यु

मस्को । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरुलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending