कैलाली । मानवसहित प्राणी जगतका लागि अति नै महत्वपूर्ण मानिने सिमसार क्षेत्र कैलालीमा मासिदै गएको छ । सिमसारमा बढ्दो मानवीय गतिविधि र चरम दोहनले सिमसार क्षेत्र मासिदै गएको हो ।
पछिल्लो समय धेरैजसो प्राकृतिक तालतलैयामा डोजर लगाएर त्यसलाई आफूखुशी प्रयोग गर्ने काम भइरहेको छ । जसका कारण सिमसार संरक्षण र व्यवस्थापनमा चुनौती बढ्दै गएको छ ।
स्थानीय सरकारहरुले आफ्नो राजस्व वृद्धिका लागि ठेक्का दिएपछि वन क्षेत्रमा रहेका अधिकांश तालतलैयामा समेत पोखरी बनाएर माछा पालनको कार्य भइरहेको छ । सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले सिमसार संरक्षण र व्यवस्थापनमा बढी नै चुनौती भइरहेको बताए । पछिल्लो समय सिमसार क्षेत्र घट्ने र सुख्खा हुनेक्रम बढ्दो रहेको उनको ठम्याइ छ ।
“सिमसार क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण रहेकाले स्थानीय सरकार, वन कार्यालय र सरोकारवाला निकायले प्राथमिकताका साथ कार्यक्रम बनाएर अगाडि बढ्न जरुरी छ” वन अधिकृत विकले भने । जमिन नलुक्ने, पानी नसुक्ने सिमसिम पानी भएको दलदल क्षेत्र खोल्सा, नाला, तालतलैयालाई सिमसार भन्ने गरिन्छ । सिमसार क्षेत्रले पानीको सञ्चय गरेर जमिनभित्र पठाउने (रिचार्ज गर्ने) महत्वपूर्ण काम गर्दछ । सिमसारमा जलीय जीवदेखि लिएर विभिन्न प्रजातिका चराचुरुङ्गीको अस्तित्व निर्भर रहेको छ ।
सिमसार मानवसहित पृथ्वीका सबै प्राणीका लागि अति आवश्यक छ । तर, मान्छेबाटै चरम दोहनले सिमसारको प्राकृतिक स्वरुप र पारिस्थितिकीय प्रणाली दिनप्रति दिन बिग्रिरहेको छ ।
चराचुरुङ्गी, जलीय जीव र रैथाने प्रजातिका लागि महत्वपूर्ण सिमसार क्षेत्रलाई पालिकाहरुले आम्दानीको महत्वपूर्ण स्रोतको रुपमा लिएका छन् । प्राकृतिक तालतलैया ठेक्का दिइएपछि ठेकेदारले आफ्नै हिसाबले पोखरी बनाएर विकासे माछा पालेर आम्दानी गरिरहेका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष झुमादेवी चौधरीले सिमसार क्षेत्रहरु अब सिमसार भन्न लायक नरहेको जिकिर गरिन । कैलाली लगायतका विभिन्न जिल्लामा रहेका सिमसारहरु सिमसारको परिभाषाभन्दा निकै फरक भइसकेका उनको भनाइ छ । “सिमसारबाट अब रैथाने प्रजाति हराइरहेका छन्” अध्यक्ष चौधरीले भनिन् ।
स्थानीय सरकारले राजस्व वृद्धिका लागि प्राकृतिक तालतलैयालाई ठेक्का दिने गरे पनि प्राप्त राजस्वलाई सिमसार संरक्षण र व्यवस्थापनमा खर्च नगरेको संरक्षणकर्मीहरुको बुझाइ छ । सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरीले सिमसार संरक्षणमा स्थानीय सरकारको लगानी शून्य रहेको जिकिर गरे ।
“पहिले सामुदायिक वन मातहतमा तालतलैया थियो । अब सबै तालतलैया स्थानीय तहले ठेक्का दिने गरेका छन्” उनले भने, “आम्दानीका लागि प्राकृतिक स्रोतलाई ठेक्का दिने गरे पनि त्यसको संरक्षणमा स्थानीय सरकारको चासो छैन ।” कतिपय तालतलैया ठेक्काको बक्यौता रकम नै पालिकाहरुले ठेकेदारबाट उठाउन नसकिरहेको चौधरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: