Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

‘जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गर्दैनन्’

खबरडबली संवाददाता

झापा । कमल गाउँपालिकाले आफ्ना पालिकाका जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुले छोराछोरी कहाँ पढाउँछन् भन्ने विवरण सार्वजनिक गरेको छ । ‘सरोकारवालाहरुको जानकारीका लागि’ भन्दै पालिकाले सूचनामार्फत सार्वजनिक गरेको विवरण अनुसार आधाभन्दा धेरै जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गर्दैनन् ।

सार्वजनिक गरिएको विवरणलाई पालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रमाणित गरेका छन् । पालिकाले सार्वजनिक गरेका ४१४ जना जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुमध्ये ६७ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाएका छन् ।

निजी विद्यालयमा छोराछोरी पढाउनेहरु ९९ जना रहेका छन् । बाँकी २४८ जनामध्ये अधिकांशले आफ्ना छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको विवरण पालिकालाई उपलब्ध गराएका छन् । केहीले अविवाहित रहेको समेत जनाएका छन् भने केहीको छोराछोरी विदेशमा पढिरहेको समेत उल्लेख छ ।

पालिकाले सामुदायिक विद्यालयका २५७ जना शिक्षक, ३९ जना जनप्रतिनिधि र ११८ जना कर्मचारीको छोराछोरीको नाम, कक्षा र उनीहरु पढ्ने विद्यालयको नाम सार्वजनिक गरेको हो । पालिकाका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेका छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको जनाइएको छ । विद्यालय तहमा पढाउँदा कुन विद्यालयमा पढेका थिए भन्ने चाहिँ उल्लेख छैन ।

प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका दुई छोराछोरीमध्ये एउटी छोरी लिलीपुट प्रिमियर स्कुल (निजी विद्यालय) को कक्षा ३ मा अध्ययनरत् रहेको जनाइएको छ । वडा नं. २ का वडा सदस्य भीमबहादुर कार्की, कार्यपालिका सदस्य ज्ञानबहादुर नेपाली लगायतका जनप्रतिनिधिले आफ्ना छोराछोरी आफ्नै वडाको सामुदायिक विद्यालयमा पढाउने गरेको उल्लेख छ । कार्कीका छोरा सन्दिपसिंह कार्की महेन्द्ररत्न माविमा र नेपालीका दुई छोराछोरी नरेन्द्र जनता माविमा अध्ययनरत् छन् । 

वडा नं. १ का वडा सदस्य चैतन्यप्रसाद चम्लागाईले ज्ञानज्योति बोर्डिङ गौरादह र वडा नं. ७ की वडा सदस्य हिमादेवी नेपालीले स्मारिका बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउने गरेको विवरण सार्वजनिक भएको छ । पालिकाकी लेखा अधिकृत सृजना राईले आफ्ना दुवै जना छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराएका छैनन् ।

उनका छोराछोरी ज्ञानोदय बालवाटिका विद्यालय र सूर्योदय इङ्लिश स्कुलमा अध्ययनरत् छन् । पालिकाको वि.सं. २०८० वैशाख १९ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै अध्ययन गराउनु पर्ने निर्णय गरेको पालिकाका प्रमुख हुकुमसिंह राईले बताए ।

सोही निर्णयलाई आधार मानेर पालिकाले छोराछोरी पढ्ने विवरण संकलन गरेको थियो । शिक्षा ऐनले जनप्रतिनिधि, सामुदायिकका शिक्षक र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनै पर्ने बाध्यात्मक व्यवस्था गरेको छैन । तथापि पालिकाको सामुदायिक विद्यालयप्रति जनआकर्षण बढाउन कार्यपालिकाले निर्णय गरेको पालिकाको सूचनामा उल्लेख छ ।

सामुदायिक विद्यालयका शिक्षकहरु नै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन लैजान्छन् भन्ने गुनासो आइरहेका बेला कमल गाउँपालिकाको निर्णयलाई सर्वसाधारणले भने सकारात्मक रुपमा लिएको पाइएको छ । पालिकाका २५७ जना शिक्षकमध्ये ५७ जनाले मात्र सामुदायिक विद्यालयमा र ५३ जनाले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

वडा नं. ७ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक रामकुमार सुब्बाले आफ्ना दुई जना छोराछोरीलाई आफुले पढाउने विद्यालयमै पढाउने गरेको जनाइएको छ । उनका छोराछोरी कक्षा ४ र ६ मा पढ्छन् । सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक प्रभाखर काफ्लेका दुबै छोराछोरी निजी विद्यालयमा पढ्ने गरेका छन् ।

दमकको सिंहदेवी बोर्डिङ स्कुल दमक र सनसाइन बोर्डिङ स्कुल कमलमा उहाँका छोराछोरी अध्ययन गर्दै आएको पालिकाको सूचनामा उल्लेख छ । पालिकाका ३९ जनप्रतिनिधिमध्ये चार जनाले, कर्मचारी ११८ जनामध्ये छ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending