Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

खबरडबली संवाददाता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो । 

सेन्सर जडान गर्नुको मुख्य उद्देश्य मनसुनको बाढीबाट अस्थायी बाँध भत्किन सक्ने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाअन्तर्गत उक्त प्रणालीले बाढीको सतहको वास्तविक समयमा निगरानी गर्न मद्दत पुग्नुका साथै सार्वजनिक तथा अन्य सरोकार भएकासँगको सञ्चारलाई थप प्रभावकारी बनाउने उनले बताए ।

भण्डारीले भने- ‘पानीको सतहसम्बन्धी जानकारीसहितको विवरण ‘मल्टिस्क्रिन डिस्प्ले’ बोर्डमा देखिन्छ, जसले महत्त्वपूर्ण सूचना समयमै र तत्कालै प्रवाह गर्न सहयोग पुग्नेछ ।’ अस्थायी बाँध रहेको स्थान भौगोलिक रूपमा दुर्गम भएकाले रातिको समयमा त्यहाँ पुगेर स्थिति अवलोकन गर्न जटिल हुने भएकाले यस्तो प्रविधिले विपद् न्यूनीकरणमा सहयोग पुर्याउने उनले विशवास व्यक्त गरे ।

आयोजनाले मुख्य बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सेती नदीको जलसतह सतर्कता तहभन्दा बढेमा सतर्कताको पूर्वसूचना दिन आपत्कालीन अवस्थामा प्रभावकारी सञ्चार सुनिश्चित गर्न मोबाइल नम्बरमा सन्देश पठाउन सेवा प्रदायकसँग सम्झौता भइसकेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले आपत्कालीन अवस्थाको पूर्वसूचना दिन तल्लो तटीय क्षेत्रभित्रका समुदायलाई एकैपटक मोबाइल फोन प्रयोगकर्तालाई सतर्कता अपनाउने सन्देश समेटिएको एसएमएस पठाउनेछ । 

भण्डारीले भने, ‘यसका लागि त्यस क्षेत्रका बासिन्दाको मोवाइल नम्बर सङ्कलन गरिसकिएको छ । यस प्रणालीको उद्देश्य बाढीजस्ता आपत्कालीन अवस्थामा सम्भावित जोखिममा रहेका तल्लो तटीय बस्तीलाई समयमा सूचना प्रवाह गराई सार्वजनिक सुरक्षा र तयारी क्षमता अभिवृद्धि गर्नु हो ।’ आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान गरिसकेको जनाएको छ ।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थलभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्वसूचना दिन साइरन जडान गरिएको भण्डारीले उल्लेख गरे ।   

उनले भने, ‘सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडान भएर सञ्चालनमा आइसकेको छ ।’ साइरन जडानपश्चात् बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका लागि नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेकार्य गरिरहेका सर्वसाधारणलाई पूर्वसूचना दिइने जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE