Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

खबरडबली संवाददाता

सोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । धेरै पटक पूर्वराष्ट्रपति युनले उपस्थित हुन अस्वीकार गरेपछि उनलाई सोधपुछका लागि जबरजस्ती ल्याउन जारी वारेन्टले अभियोजकहरूलाई सक्षम बनाएको छ ।

युन र उनकी श्रीमती, पूर्वप्रथम महिला किम केओन हीको अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमा भने, “पूर्वराष्ट्रपति युन सुक येओलका लागि आज गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।”

युनले डिसेम्बर ३ मा नागरिक शासनलाई अन्त्य गर्न खोज्दा दक्षिण कोरियालाई राजनीतिक सङ्कटमा पारेका थिए र सांसदहरूले उनको मार्शल कानूनको घोषणालाई मतदान गर्नबाट रोक्नका लागि संसद्मा सेना पठाएका थिए ।

जनवरीमा हिरासतमा लिइएका उनी मुलुकको पहिलो राष्ट्रपति थिए । उनलाई धेरै सातासम्म गिरफ्तारीको विरोध गरेपछि हिरासतमा लिइएको थियो । उनले अनुसन्धानकर्ताहरूलाई रोक्नका लागि आफ्नो राष्ट्रपति सुरक्षा बलको प्रयोग गरेका थिए । उनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो । यद्यपि उनको विद्रोहको मुद्दा जारी रह्यो, तर उनले मुद्दासँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने चिन्ताका कारण जुलाईको सुरुमा फेरि हिरासतमा राखिएको थियो ।

संसदीय चुनावमा छेडछाड गरेको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि बोलाएका थिए तर उनी उपस्थित हुन सकेनन् । उनका वकिलहरूले युनलाई स्वास्थ्य समस्याहरू रहेको बताएका थिए । बुधबार उनीहरूले नजरबन्द वारेन्टका लागि नयाँ अनुरोध दायर गरे । अब जब वारेन्ट जारी गरिएको छ, अभियोजकहरू युनको हालको हिरासत सुविधामा प्रवेश गर्न र सोधपुछका लागि उपस्थित हुन बाध्य पार्न सक्षम छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending