किएभ । किएभमा बिहीबार भएको रूसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मस्कोले भने देशको पूर्वमा युक्रेनी सेनाको प्रमुख गढ रहेको सहर कब्जा गरेको दाबी गरेको छ ।
ड्रोन र क्षेप्यास्त्र आक्रमणले बिहानको समयमा किएभका कम्तीमा २७ स्थानमा प्रहार गरेको सहरका अधिकारीहरूले बताएका छन् । “अहिलेसम्म छ जनाको मृत्यु भएको पुष्टि भएको छ”, सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राममा एक पोस्टमा भने, “हामीसँग ५२ जना घाइते भएका छन्, लगभग ३० जना अस्पतालमा छन् । यसमा नौ जना बालबालिका पनि छन् ।”
“किएभमा यो एउटा डरलाग्दो बिहान हो । क्रूर रुसी आक्रमणहरूले सम्पूर्ण आवासीय भवनहरू ध्वस्त पारे र विद्यालय र अस्पतालहरूलाई क्षति पु¥याए । नागरिकहरू घाइते हुन्छन् र मारिन्छन् । अझै पनि भग्नावशेषमुनि मानिसहरू छन्”, युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिगाले एक्समा लेखे ।
युक्रेनमा रुसले गरेको पछिल्लो घातक आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोलाई युक्रेनमा आक्रमण रोक्न १० दिनको अल्टिमेटम जारी गरेको केही दिनपछि आएको हो ।
रुसले पूर्वमा युक्रेनी सेनाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण सैन्य केन्द्र रहेको चासिभ यार सहर कब्जा गरेको बताएको छ । बिहीबारको आक्रमण मङ्गलबार सैन्य प्रशिक्षण शिविरमा रुसी हमलालगत्तै भएको थियो । उक्त हमलामा कम्तीमा तीन युक्रेनी सैनिकको मृत्यु भएको थियो ।
बिहीबारको आक्रमणपछि युक्रेनका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई सन् २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्न मस्कोमाथि अत्यधिक दबाब दिन आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: