म्याग्दी । बेनी नगरपालिका ५ को पुलाचौरस्थित गाजने गाउँमा स्याउ फलेको छ । उच्च हिमाली भूभागमा मात्र फल्ने स्याउ यहाँ पनि फल्न थालेपछि किसान फुरुङ्ङ भएका छन् । चारवर्ष अघि यहाँका किसानले मुस्ताङबाट स्याउका बिरुवा ल्याएर परीक्षणका रुपमा लगाएका थिए ।
यो गाउँ समुद्री सतहदेखि दुई हजार मिटरभन्दा माथि रहेकाले स्याउ खेती हुनसक्ने अनुमान गरेर चारवर्ष अघि मुस्ताङबाट स्याउका बिरुवा ल्याएर लगाएका थियौं स्थानीय किसान यामबहादुर बानियाँले भने, ‘‘अहिले स्याउका बिरुवाले उत्पादन दिन थालेको छ । स्याउ फल्न थालेपछि किसान उत्साहित भएका छन् ।’’ स्याउको परीक्षण उत्पादन सफल भएकाले गाउँका सबै किसानले खाली जमिनमा स्याउका बोट रोप्ने योजना बनाएको उनले बताए ।
चारवर्ष अघि गाजने गाउँका अधिकांश घरपरिवारले स्याउका विरुवा रोपेको उनले बताए । उक्त स्याउका विरुवा लगाएको छोटो समयमै बोटमा स्याउको दाना लागेपछि किसान खुसी भएको उनको भनाइ छ । मुस्ताङबाट स्याउका विरुवा ल्याएर परीक्षणको रुपमा लगाइएको स्याउले उत्पादन दिएर परीक्षण सफल भएपछि किसानले यस वर्षदेखि थप बिरुवा लगाउने योजना बनाएको स्थानीयवासी नीलकण्ठ शर्माले बताए ।
उनले गाजनेमा स्याउको परीक्षण उत्पादन सफल भएपछि अब व्यावसायिक रुपमा लगाउने योजना आफूहरुले बनाएको उनले बताए । जिल्लाको उच्च भेग, चिसो हावापानी भएकाले गाजने गाउँमा स्याउ खेती गर्न सकिने उनको भनाइ छ । किसानले मुस्ताङबाट गोल्डेन र रेड प्रजातिको स्याउ ल्याएर लगाएका थिए ।
यसवर्ष गाजनेका यामबहादुर बानियाँ, यामबहादुर कार्की, तिलक खत्री, निलकण्ठ शर्मा, खड्कबहादुर खत्री र सीता कार्कीले लगाएको बारीमा स्याउले उत्पादन दिएको छ । २०७८ सालमा यहाँका स्थानीयले परीक्षणको रुपमा २०/२५ गोटाका दरले लगाएको स्याउका बोटले उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि स्याउ लगाउने योजना बनाएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले गाजनेमा फलेको स्याउको दाना देख्दा व्यावसायिक रुपमा खेती गर्न सकिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: