भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आवरणमा भइरहेका व्यापक भ्रष्टाचार र मानव बेचबिखनका मुद्दालाई थप प्रभावकारी ढंगमा उजागर गर्ने रणनीति तय गरेको छ । बुधबार भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।
बैठकमा चालु संसदिय अधिवेशनमा पार्टीका सांसदहरूले उठाएका जनसरोकारका विषयहरूबारे समीक्षा गर्दै भिजिट भिसा र मानव बेचबिखनका विषयलाई सदन र सडक दुबैबाट सशक्तरूपमा उठाउने निर्णय गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनका अनुसार, “हामीले संसदमा जनताको आवाज बुलन्द गर्न सफल भयौं । राज्यका नीति र कार्यशैलीका कारण जनताले भोगेका पीडाहरूलाई उजागर गर्दै भ्रष्टाचारका अन्य केसहरू पनि उठाएका छौं ।”
परियारले थपे, “हाम्रो आन्दोलनले जनतामा रास्वपा आफूसँगै छ भन्ने भावना स्थापित गरेको छ । सत्तारुढ दलहरूका साथ सम्झौता नगरेको हाम्रो अडानलाई जनताले समर्थन गरेका छन् । हामी संवादको ढोका खुला राख्दै, तर आन्दोलनको बाटो पनि अगाडि बढाउँदैछौं ।”
रास्वपाले संसदको सीमित संख्याबाट हैरान नभई, जनताको पक्षमा ठोस अडान लिने धारणा बनाएको जनाएको छ । “संख्या होइन, जनताको पक्षमा दृढ अडान लिने सोच हामीसँग छ । नेपाली कांग्रेस, एमाले र माओवादी समेत जनताको पक्षमा सहमत हुने आशा गरेका छौं,” परियारले भने ।
उनले मुलुकमा मौलाउँदै गएको संगठित अपराधको विरुद्ध सशक्त प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलनलाई नयाँ ढंग र स्वरूपमा विस्तार गर्ने योजना रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: