काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकी एक जना, शिक्षा सङ्कायमा तीन जना र कानुनमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ ।
कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो । मनोनयन रिक्त सिटहरूमा आवेदनको प्राथमिकता क्रम र कोटाका आधारमा दोस्रो मनोनयन सूची सार्वजनिक गरिएको हो ।
मनोनयन भएकाले यही साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्ने छ । तोकिएको मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने ज्ञवालीले जानकारी गराएका छन् । पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ गतेपछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गर्न विषय र कलेज प्राथमिकतासम्बन्धी सूचना प्रकाशित हुने विभागको भनाइ छ ।
मनोनयन सूची योग्यता क्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा तयार गरिएको छ । छनोट भई पढ्नका लागि सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ । आरक्षण कोटामा छात्रा, आदिवासी र जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन् ।
विसं २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए । कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कूल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए । प्रारम्भिक नतिजा साउन ४ मा र पुनर्योगको नतिजा साउन ६ गतेमा प्रकाशित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: