Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

खबरडबली संवाददाता

काठमाडौं । थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ गरेको आरोप लगाउँदै कम्बोडियाको सेनाले सीमामा राति आक्रमण गरेको बताएको छ ।

पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले तिनीहरूको आठ सय किलोमिटर (पाँच सय माइल) सीमामा खुला युद्धमा परिणत भएको थियो ।

तर थाइल्यान्डको विदेश मन्त्रालयले बुधबार बिहानसम्म जारी रहेको आक्रमणमा सिसाकेट प्रान्तमा आफ्ना सेनाहरू ‘कम्बोडियाली सेनाहरूले सुरु गरेको सानो हतियारको गोली र ग्रेनेड आक्रमणको सिकार भएको’ बताएको छ ।

‘यो युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो’, विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ । थाई सरकारका प्रवक्ता जिरायु हुआङ्गसाबले पनि राति झडप भएको रिपोर्ट गरे। तर एक विज्ञप्तिमा उनले भने, ‘थाई पक्षले स्थिति नियन्त्रणमा राखेको छ र बिहान ८ः०० बजे (०१०० जिएमटी)देखि सीमामा अवस्था सामान्य भएको रिपोर्ट गरिएको छ ।’

कम्बोडियाले पहिले युद्धविराम तोडेको अस्वीकार गरेको छ । युद्धविरामको उद्देश्य दुई देशले सीमावर्ती क्षेत्रबाट तीन लाखभन्दा बढी मानिसलाई विस्थापित गरिसकेको लडाइँ समाप्त गर्नु थियो ।

सीमाबाट ५० किलोमिटर टाढा थाइल्यान्डको सुरिन सहरको आश्रय र भान्छाघरको रूपमा प्रयोग गरिएको एक मन्दिरमा विस्थापितहरू अनिश्चितताको अवस्थामा रहेको स्वयंसेवक थानिन किट्टिवोरानुनले बताए। 

तर कम्बोडियाली पक्षमा रहेका एक एएफपी पत्रकारले गत बिहीबार लडाइँ सुरु भएदेखि तोप आक्रमणको निरन्तर आवाज सुनेको तर युद्धविरामको सुरुआतदेखि बुधबार बिहानसम्म कुनै विस्फोट नसुनेको बताए ।

बेइजिङले आफ्ना उप-विदेशमन्त्री सुन वेइडोङले थाई र कम्बोडियाली अधिकारीहरूसँग साङ्घाईमा बैठक आयोजना गरेको बताए । बैठकमा दुवैले चीनलाई युद्धविराम सहमतिलाई पालना गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending