Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

खबरडबली संवाददाता

काठमाडौं । थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ गरेको आरोप लगाउँदै कम्बोडियाको सेनाले सीमामा राति आक्रमण गरेको बताएको छ ।

पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले तिनीहरूको आठ सय किलोमिटर (पाँच सय माइल) सीमामा खुला युद्धमा परिणत भएको थियो ।

तर थाइल्यान्डको विदेश मन्त्रालयले बुधबार बिहानसम्म जारी रहेको आक्रमणमा सिसाकेट प्रान्तमा आफ्ना सेनाहरू ‘कम्बोडियाली सेनाहरूले सुरु गरेको सानो हतियारको गोली र ग्रेनेड आक्रमणको सिकार भएको’ बताएको छ ।

‘यो युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो’, विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ । थाई सरकारका प्रवक्ता जिरायु हुआङ्गसाबले पनि राति झडप भएको रिपोर्ट गरे। तर एक विज्ञप्तिमा उनले भने, ‘थाई पक्षले स्थिति नियन्त्रणमा राखेको छ र बिहान ८ः०० बजे (०१०० जिएमटी)देखि सीमामा अवस्था सामान्य भएको रिपोर्ट गरिएको छ ।’

कम्बोडियाले पहिले युद्धविराम तोडेको अस्वीकार गरेको छ । युद्धविरामको उद्देश्य दुई देशले सीमावर्ती क्षेत्रबाट तीन लाखभन्दा बढी मानिसलाई विस्थापित गरिसकेको लडाइँ समाप्त गर्नु थियो ।

सीमाबाट ५० किलोमिटर टाढा थाइल्यान्डको सुरिन सहरको आश्रय र भान्छाघरको रूपमा प्रयोग गरिएको एक मन्दिरमा विस्थापितहरू अनिश्चितताको अवस्थामा रहेको स्वयंसेवक थानिन किट्टिवोरानुनले बताए। 

तर कम्बोडियाली पक्षमा रहेका एक एएफपी पत्रकारले गत बिहीबार लडाइँ सुरु भएदेखि तोप आक्रमणको निरन्तर आवाज सुनेको तर युद्धविरामको सुरुआतदेखि बुधबार बिहानसम्म कुनै विस्फोट नसुनेको बताए ।

बेइजिङले आफ्ना उप-विदेशमन्त्री सुन वेइडोङले थाई र कम्बोडियाली अधिकारीहरूसँग साङ्घाईमा बैठक आयोजना गरेको बताए । बैठकमा दुवैले चीनलाई युद्धविराम सहमतिलाई पालना गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending