Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पराजित भएका लामा भन्छन्-संविधानमा दुई वर्षसम्म सरकार फेर्न नपाइने लेखेकोकाे कारण राजीनामा दिन्नँ

खबरडबली संवाददाता

मकवानपुर । संसदीय दलको नेताबाट पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्मयन्त्री पदबाट राजीनामा नदिने अडान दोहो¥याएका छन् । ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘दलको नेता गुमाएको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै आधार संविधानमा छैन् । म संविधानको भावना र प्रक्रियाअनुसार अगाडि बढ्छु ।’

बुधवार प्रदेश सभा सचिवालयमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन् । उनले ३७ जना सांसदमध्ये १४ र बानियाँले २२ मत प्राप्त गर्दा १ मत भने बदर भएको छ । कांग्रेसको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुनुपर्ने प्रावधान छ । तर, मुख्यमन्त्री लामाले भने आफू दुईवटा पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेकाले अविश्वासको प्रस्ताव पारित नभएसम्म राजीनामा दिनुपर्ने कुनै आधार नभएको दावी गरे ।

‘म गठबन्धनबाट मुख्यमन्त्री बनेको हुँ । सहमतीअनुसार मसँग अझै लगभग एक वर्ष मुख्यमन्त्री रहने आधार छ । त्यसअघि दुई वर्षसम्म कुनै पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाउने आधार छैन,’ उनले भने, ‘त्यसकारण म मुख्यमन्त्रीबाट राजीनामा दिन्नँ ।’

यसअघि मंगलबार दलका २२ सांसदको समर्थनमा लामाविरुद्ध संसदीय दलको नेताको रुपमा अविश्वासको प्रस्ताव पारित भएको थियो । जसमा उनले दलको नेताको हैसियत गुमाएका थिए ।
मुख्यमन्त्री लामाले आफूविरुद्धको कदमलाई ‘राजनीतिक चलखेल’को संज्ञा दिँदै प्रदेश सरकार अझै स्थिर रहेको दाबी गरेका छन् । ‘आज मविरुद्ध अविश्वासको प्रस्ताव परेजस्तै मैले पनि अर्कोलाई त्यसै गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘यसले प्रदेशमा अस्थिरता मात्रै निम्त्याउँछ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending