Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

स्याङ्जाकाे वालिङका किसानलाई ३० लाख प्रोत्साहन अनुदान

खबरडबली संवाददाता

स्याङ्जा । वालिङ नगरपालिकाले नगरभित्र व्यवसायिक कृषि गर्दै आएका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ । विभिन्न बाली खेती गर्दै आएका २३६ किसानलाई नगरपालिकाले गत आवको बजेट अन्तर्गत ३० लाख रुपियाँ बराबरको प्रोत्साहन अनुदान प्रदान गरेको हो ।

मुख्य बाली अन्तर्गत सुन्तला जातका फलफूल, तरकारी, मौरी, च्याउ, मसला बाली, रैथाने बाली, उखु र ड्रागन फ्रूट लगाएका किसानलाई प्रोत्साहन अनुदान वितरण गरिएको हो । उत्पादन, क्षेत्रफल तथा विक्री वितरणमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८१ को मापदण्ड अनुसार न्यूनतम ८ हजारदेखि एक लाखसम्म नगद वितरण गरिएको नगर उपप्रमुख कविता तिवारी गैरेले बताइन । 

कृषि क्षेत्रमा वालिङलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै तिवारी भन्छिन्,‘किसानलाई प्रोत्साहन गर्न बिना ब्याज बीउ पूँजी लगानी, प्रोत्साहन अनुदान लगायतका कार्यक्रम सञ्चालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस् बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ ।’

वालिङ नगरपालिकाले मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा बाख्रा पालन गर्ने किसानलाई विना धितो व्यवसाय प्रवद्र्धनमा लगानी र बजार ग्यारेन्टीको अभियान संचालन गरेको उपप्रमुख तिवारीले बताइन । 

उत्पादनशील अवस्थाका न्यूनतम ३० बोट सुन्तला जातका फलफूल र कफी लगाएका किसानलाई प्रति बोट ३ सय देखि ५ सय सम्म प्रोत्साहन अनुदान वितरण गरिएको छ । यस्तै न्यूनतम २ रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी, मसला, उखु तथा रैथाने बाली लगाएका किसानलाई प्रति रोपनी कुल उत्पादन लागतको २० प्रतिशत सम्म प्रोत्साहन  अनुदान   प्रदान गरिएको कृषि शाखा प्रमुख सुभाष चन्द« अर्यालले बताए । 

न्यूनतम ५० वटा मुढा वा परालको पोकामा  व्यवसायीक च्याउ खेति गरेका किसानलाई प्रति मुढा वा पोका बापत रु २ सय सम्म प्रोत्साहन अनुदान प्रदान गरिएको अर्यालको भनाइ छ । पछिल्लो समय अत्याधिक लोकप्रिय बन्दै गएको ड्रागन खेती गर्ने किसानलाई लक्षित गर्दै न्यूनतम ५० वटा पिल्लरमा ड्रागन फलाएका कृषकले प्रति पिल्लर २ सय अनुदान पाएका छन् । 

वालिङ–१ घरमपानीका कृषक कृष्ण ढुङ्गाना पछिल्लो ४ वर्ष देखि ड्रागन खेती गर्दै आइरेका छन् । यस पटकको प्रोत्साहन अनुदान बापत नगद एक लाख रुपैया पाएपछि उनि निकै उत्साहित छन् । ‘नियमित उत्पादन भइरहे पनि पहिले यति ठूलो सहयोग पाइएन,‘ उनि भन्छन्, ‘अब त अझै उत्साह थपिएको छ ।’ नगरपालिकाको यो कार्यक्रम  लागू भएसँगै वालिङ नगरभित्र व्यवसायीक तरकारी तथा फलफूल खेती गर्ने उद्यमीहरुको संख्या पनि बढेको छ । ६ महिनामा मात्र १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामा संकलन भएको छ । 

४० वर्ष यता कै ठूलो परिणाम तरकारी आएको सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले बताए । वालिङ नगरपालिकाको प्रोत्साहन अनुदान कार्यक्रम बापत सहकारीले ६ लाख ६८ हजार ८ सय ८५ प्राप्त गरेको अर्यालको भनाई छ ।नगरपालिकाको यो पहलले स्थानीय किसानमा थप लगानी गर्न हौसला मिलेको छ । कृषकहरूको यस्ता कार्यक्रमले उत्पादन बढाउनुका साथै बजारको विश्वस्तता पनि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE