Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

स्याङ्जाकाे वालिङका किसानलाई ३० लाख प्रोत्साहन अनुदान

खबरडबली संवाददाता

स्याङ्जा । वालिङ नगरपालिकाले नगरभित्र व्यवसायिक कृषि गर्दै आएका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ । विभिन्न बाली खेती गर्दै आएका २३६ किसानलाई नगरपालिकाले गत आवको बजेट अन्तर्गत ३० लाख रुपियाँ बराबरको प्रोत्साहन अनुदान प्रदान गरेको हो ।

मुख्य बाली अन्तर्गत सुन्तला जातका फलफूल, तरकारी, मौरी, च्याउ, मसला बाली, रैथाने बाली, उखु र ड्रागन फ्रूट लगाएका किसानलाई प्रोत्साहन अनुदान वितरण गरिएको हो । उत्पादन, क्षेत्रफल तथा विक्री वितरणमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८१ को मापदण्ड अनुसार न्यूनतम ८ हजारदेखि एक लाखसम्म नगद वितरण गरिएको नगर उपप्रमुख कविता तिवारी गैरेले बताइन । 

कृषि क्षेत्रमा वालिङलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै तिवारी भन्छिन्,‘किसानलाई प्रोत्साहन गर्न बिना ब्याज बीउ पूँजी लगानी, प्रोत्साहन अनुदान लगायतका कार्यक्रम सञ्चालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस् बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ ।’

वालिङ नगरपालिकाले मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा बाख्रा पालन गर्ने किसानलाई विना धितो व्यवसाय प्रवद्र्धनमा लगानी र बजार ग्यारेन्टीको अभियान संचालन गरेको उपप्रमुख तिवारीले बताइन । 

उत्पादनशील अवस्थाका न्यूनतम ३० बोट सुन्तला जातका फलफूल र कफी लगाएका किसानलाई प्रति बोट ३ सय देखि ५ सय सम्म प्रोत्साहन अनुदान वितरण गरिएको छ । यस्तै न्यूनतम २ रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी, मसला, उखु तथा रैथाने बाली लगाएका किसानलाई प्रति रोपनी कुल उत्पादन लागतको २० प्रतिशत सम्म प्रोत्साहन  अनुदान   प्रदान गरिएको कृषि शाखा प्रमुख सुभाष चन्द« अर्यालले बताए । 

न्यूनतम ५० वटा मुढा वा परालको पोकामा  व्यवसायीक च्याउ खेति गरेका किसानलाई प्रति मुढा वा पोका बापत रु २ सय सम्म प्रोत्साहन अनुदान प्रदान गरिएको अर्यालको भनाइ छ । पछिल्लो समय अत्याधिक लोकप्रिय बन्दै गएको ड्रागन खेती गर्ने किसानलाई लक्षित गर्दै न्यूनतम ५० वटा पिल्लरमा ड्रागन फलाएका कृषकले प्रति पिल्लर २ सय अनुदान पाएका छन् । 

वालिङ–१ घरमपानीका कृषक कृष्ण ढुङ्गाना पछिल्लो ४ वर्ष देखि ड्रागन खेती गर्दै आइरेका छन् । यस पटकको प्रोत्साहन अनुदान बापत नगद एक लाख रुपैया पाएपछि उनि निकै उत्साहित छन् । ‘नियमित उत्पादन भइरहे पनि पहिले यति ठूलो सहयोग पाइएन,‘ उनि भन्छन्, ‘अब त अझै उत्साह थपिएको छ ।’ नगरपालिकाको यो कार्यक्रम  लागू भएसँगै वालिङ नगरभित्र व्यवसायीक तरकारी तथा फलफूल खेती गर्ने उद्यमीहरुको संख्या पनि बढेको छ । ६ महिनामा मात्र १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामा संकलन भएको छ । 

४० वर्ष यता कै ठूलो परिणाम तरकारी आएको सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले बताए । वालिङ नगरपालिकाको प्रोत्साहन अनुदान कार्यक्रम बापत सहकारीले ६ लाख ६८ हजार ८ सय ८५ प्राप्त गरेको अर्यालको भनाई छ ।नगरपालिकाको यो पहलले स्थानीय किसानमा थप लगानी गर्न हौसला मिलेको छ । कृषकहरूको यस्ता कार्यक्रमले उत्पादन बढाउनुका साथै बजारको विश्वस्तता पनि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending