Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

मनै लोभ्याउने गाेरखाकाे अजिरकोटको नाग पोखरी

खबरडबली संवाददाता

सुलीकोट । गोरखाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल अजिरकोट गाउँपालिका – १ मा रहेको नाग पोखरी पर्यटकको रोजाइमा परेको छ । समुन्द्री सतहबाट ३ हजार २ सय ६० मिटर उचाइमा रहेको उच्च पहाडमा रहेको नाग पोखरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको हो ।

अजिरकोटको भच्चेक बजारबाट झन्डै ४ देखि ५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने नागपोखरीमा स्थानीय मान्यता अनुसार यस पोखरीमा एक दिव्य नाग देवताको निवास थियो भन्ने धार्मिक विश्वास लिइँदै आएको र गोरखाका राजपरिवारले यस पोखरीको पवित्र जल बिभिन्न पूजा अर्चना को लागि प्रयोग गर्ने गरेको पाइएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । 

विशेष गरी नाग पञ्चमीमा यस स्थानमा ठुलो मेला लाग्ने गरेको छ । जिल्ला भित्रका आन्तरिक भक्तजनहरू तथा हिन्दु धर्ममा आस्था राख्ने नागरिकहरू नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन प्रत्येक वर्ष विधिपूर्वक दूध,दही, धूप, नैबेढ चढाएर नागको पूजा गर्ने पहिले देखिको चलन रहेको छ ।

भच्चेक बजार देखि सिरानडाडा हुँदै नाग पोखरी सम्म घना जङ्गल, घाँसे मैदान र पहाडी बाटो हुँदै पर्यटक नाग पोखरी पुग्ने गरेका अजिरकोट गाउँपालिकाले जनाएको छ । प्राकृतिकले दिएको अनुपम उपहार स्वरूप नाग पोखरीमा पानी अत्यन्त चिसो, आसपासका हिमशृङखला, घाँसे मैदान र रुखहरूको दृश्यले थप मनोरम र आनन्दित तुल्याउने आन्तरिक पर्यटक गोरखाको धार्चे गाउँपालिकाका युवा सुन बहादुर गुरुङ राज गोर्खालीले बताए । 

प्रसिद्ध नागपोखरीबाट मनासलु, अन्नपूर्ण, हिउँचुली र गणेश हिमालहरूले पर्यटकको मन लोभ्याउने गरेकाले पनि नाग पोखरी पर्यटकको रोजाइमा परेको अध्यक्ष देवकोटाको भनाई छ । उक्त नाग पोखरी गोरखाको प्रसिद्ध धार्मिक स्थल मध्ये एक भएकाले पनि हिमाली सौन्दर्य र स्थानीयको भनाई अनुसार वैशाख, जेठ, र असोज र कात्तिकमा नागपोखरीमा एक पटक पर्यटक पुगेर आनन्द लिने गरेका पालिका अध्यक्ष देबकोटले बताए । 

अहिले नागपोखरीमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन दिनै बढ्दै गएको छ, अध्यक्ष दीपक देवकोटाले भने, ‘नागपोखरीबाट पर्यटकहरू बसेर फोटो खिच्ने र केही समय आराम गर्ने प्राकृतिकले दिएको अनुपम उपहार स्वरूपमा विभिन्न हिमालहरू हेरेर भच्चेको सिरानडाडा बसेर फर्कने गरेका छन् ।’     

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending