Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

मनै लोभ्याउने गाेरखाकाे अजिरकोटको नाग पोखरी

खबरडबली संवाददाता

सुलीकोट । गोरखाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल अजिरकोट गाउँपालिका – १ मा रहेको नाग पोखरी पर्यटकको रोजाइमा परेको छ । समुन्द्री सतहबाट ३ हजार २ सय ६० मिटर उचाइमा रहेको उच्च पहाडमा रहेको नाग पोखरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको हो ।

अजिरकोटको भच्चेक बजारबाट झन्डै ४ देखि ५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने नागपोखरीमा स्थानीय मान्यता अनुसार यस पोखरीमा एक दिव्य नाग देवताको निवास थियो भन्ने धार्मिक विश्वास लिइँदै आएको र गोरखाका राजपरिवारले यस पोखरीको पवित्र जल बिभिन्न पूजा अर्चना को लागि प्रयोग गर्ने गरेको पाइएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । 

विशेष गरी नाग पञ्चमीमा यस स्थानमा ठुलो मेला लाग्ने गरेको छ । जिल्ला भित्रका आन्तरिक भक्तजनहरू तथा हिन्दु धर्ममा आस्था राख्ने नागरिकहरू नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन प्रत्येक वर्ष विधिपूर्वक दूध,दही, धूप, नैबेढ चढाएर नागको पूजा गर्ने पहिले देखिको चलन रहेको छ ।

भच्चेक बजार देखि सिरानडाडा हुँदै नाग पोखरी सम्म घना जङ्गल, घाँसे मैदान र पहाडी बाटो हुँदै पर्यटक नाग पोखरी पुग्ने गरेका अजिरकोट गाउँपालिकाले जनाएको छ । प्राकृतिकले दिएको अनुपम उपहार स्वरूप नाग पोखरीमा पानी अत्यन्त चिसो, आसपासका हिमशृङखला, घाँसे मैदान र रुखहरूको दृश्यले थप मनोरम र आनन्दित तुल्याउने आन्तरिक पर्यटक गोरखाको धार्चे गाउँपालिकाका युवा सुन बहादुर गुरुङ राज गोर्खालीले बताए । 

प्रसिद्ध नागपोखरीबाट मनासलु, अन्नपूर्ण, हिउँचुली र गणेश हिमालहरूले पर्यटकको मन लोभ्याउने गरेकाले पनि नाग पोखरी पर्यटकको रोजाइमा परेको अध्यक्ष देवकोटाको भनाई छ । उक्त नाग पोखरी गोरखाको प्रसिद्ध धार्मिक स्थल मध्ये एक भएकाले पनि हिमाली सौन्दर्य र स्थानीयको भनाई अनुसार वैशाख, जेठ, र असोज र कात्तिकमा नागपोखरीमा एक पटक पर्यटक पुगेर आनन्द लिने गरेका पालिका अध्यक्ष देबकोटले बताए । 

अहिले नागपोखरीमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन दिनै बढ्दै गएको छ, अध्यक्ष दीपक देवकोटाले भने, ‘नागपोखरीबाट पर्यटकहरू बसेर फोटो खिच्ने र केही समय आराम गर्ने प्राकृतिकले दिएको अनुपम उपहार स्वरूपमा विभिन्न हिमालहरू हेरेर भच्चेको सिरानडाडा बसेर फर्कने गरेका छन् ।’     

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE