Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कम्बोडियाले युद्धविराम भङ्ग गरेको थाई सेनाको आरोप

खबरडबली संवाददाता

बैंकक । थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि युद्धविराम भंग गरी झडप जारी राखेको आरोप लगाएको छ । कम्बोडियामाथि घण्टौँ लामो युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै थाई सेनाले लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको बताएको छ ।

सोमबार मलेसियामा भएको शान्ति वार्तापछि दुवै पक्षले आठ सय किलोमिटर लामो सीमामा रहेका विवादित क्षेत्रका प्राचीन मन्दिरहरूको विषयमा भएको लडाइँ अन्त्य गर्न मध्यरातबाट बिना शर्त युद्धविराम सुरु गर्ने सहमति गरेका थिए ।

“सम्झौता लागू हुँदा थाई पक्षले कम्बोडियाली सेनामाथि थाई क्षेत्रभित्रका धेरै क्षेत्रमा सशस्त्र आक्रमण गरेको पत्ता लगाएको थियो”, थाई सेनाका प्रवक्ता विन्थाई सुवेरीले एक विज्ञप्तिमा भने, “यो सम्झौताको जानाजानी उल्लङ्घन र आपसी विश्वासलाई कमजोर पार्ने स्पष्ट प्रयास हो, थाइल्यान्ड आत्मरक्षाको आफ्नो वैध अधिकार प्रयोग गर्दै उचित प्रतिक्रिया दिन बाध्य छ ।”

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले कुनै पनि क्षेत्रमा एकअर्काविरुद्ध कुनै सशस्त्र झडप नभएको दाबी गरे ।

यद्यपि दुवै पक्षले युद्धविराम सम्झौताको भागका रूपमा सीमामा विपक्षी क्षेत्रीय कमान्डरहरूबीच बिहान तोकिएका बैठकहरू सुरु भएका वा सुरु हुन बाँकी रहेको बताए ।

“मैले दुई नेताले हात मिलाउँदै गरेको तस्बिर देखेँ”, सीमाबाट ५० किलोमिटर टाढा रहेको थाई सहर सुरिनका ३२ वर्षीय फार्मेसी कामदार किटिसाक सुकविलाईले भने, “म केवल आशा गर्छु कि यो नक्कली मुस्कानसहितको फोटो खिचाउने मात्र नहोस् – र ती हातहरूले वास्तवमा एकअर्कालाई पछाडिबाट छुरा हान्ने तयारी नगरिरहेका होऊन् ।”

सीमाबाट २० किलोमिटर टाढा रहेको कम्बोडियाको सामराओङ सहरमा एएफपीका एक पत्रकारले मध्यरातसम्म ३० मिनेटअघिदेखि विस्फोटको आवाज रोकिएपछि मध्य बिहानसम्म शान्ति कायम रहेको बताए ।

“मध्यरात १२ बजेको युद्धविरामपछि अग्रपङ्क्तिमा शान्ति आएको छ”, कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले मङ्गलबार बिहान फेसबुकमा सन्देशमा भने ।

जेट, रकेट र तोपखानाले गत बिहीबारदेखि कम्तीमा ३८ जनाको ज्यान लिएको छ र लगभग तीन लाख मानिसलाई विस्थापित गरेको छ । जसले गर्दा सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेप आवश्यक परेको थियो ।

सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण दुवैले दावी गरेको इलाकामा सन् २००८–२०११ देखि छिटपुट हिंसा भड्किएपछि यो भड्काउ सबैभन्दा घातक थियो ।

“जब मैले समाचार सुनेँ म धेरै खुसी भएँ किनकि मैले मेरो घर र मैले छोडेको मेरा सामानहरू सम्झेँ”, फेन नेथले सोमबार साँझ लडाइँबाट टाढा रहेको मन्दिर स्थलमा कम्बोडियाली विस्थापितहरूको विशाल शिविरमा भने, “म यति खुसी छु कि वर्णन गर्न सक्दिनँ ।”

दुवै देशका साथै शान्ति वार्ताको आयोजना गर्ने मलेसियाको संयुक्त वक्तव्यले युद्धविराम ‘तनाव कम गर्न र शान्ति तथा सुरक्षा पुनःस्थापनाको दिशामा महत्त्वपूर्ण पहिलो कदम हो’ भनेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले सोमबार साँझ एक वक्तव्यमा भनेका छन्, “महासचिव गुटेरेसले दुवै देशलाई सम्झौताको पूर्ण सम्मान गर्न र दीर्घकालीन मुद्दाहरूलाई सम्बोधन गर्न र स्थायी शान्ति प्राप्त गर्न अनुकूल वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ ।”

दुवै पक्षले ट्रम्पको भारी भन्सार शुल्कको खतरालाई रोक्न व्यापार सम्झौताका लागि अनुरोध गरिरहेका छन् र अमेरिकी विदेश मन्त्रालयले आफ्ना अधिकारीहरू शान्ति वार्ताको नेतृत्व गर्न ‘जमिनमा’ रहेको बताएको छ ।

मलेसियाका प्रधानमन्त्री तथा आसियान ब्लकका अध्यक्ष अनवर इब्राहिमले आफ्नो देशको प्रशासनिक राजधानी पुत्रजयामा आयोजना गरिएको वार्तामा चीनको पनि ‘सक्रिय सहभागिता’ रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हुन मानेटले ट्रम्पलाई उनको ‘निर्णायक’ समर्थनका लागि धन्यवाद दिएका छन् भने उनका समकक्षी, थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले भने, “यो दुवै पक्षले सद्भावका साथ गर्नुपर्दछ ।”

थाई राजा महा भाजिरालोङ्गकोर्नले सोमबार आफ्नो ७३औँ जन्मदिन मनाएका छन् तर देशको राजपत्रमा एक सूचनामा बैङ्ककको ग्रान्ड प्यालेसमा हुने उनको सार्वजनिक उत्सव द्वन्द्वको बीचमा रद्द गरिएको बताइएको छ ।

प्रत्येक पक्ष पहिले नै सैद्धान्तिक रूपमा युद्धविराममा सहमत भइसकेका छन् । यद्यपि अर्कोले शान्ति प्रयासहरूलाई कमजोर पारेको आरोप लगाउँदै र क्लस्टर बमको प्रयोग र अस्पतालहरूलाई निशाना बनाउने बारेमा आरोप–प्रत्यारोप गरिरहेका छन् ।

थाइल्यान्डले आफ्ना आठ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ सर्वसाधारण र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

एक लाख ३८ हजारभन्दा बढी मानिस थाइल्यान्डको सीमावर्ती क्षेत्रहरूबाट भागेका छन् भने करिब एक लाख ४० हजार मानिस आफ्ना घरहरूबाट विस्थापित भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending