Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

खबरडबली संवाददाता

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियानमा सक्रिय भएका छन्। मौलिक सांस्कृतिक धरोहर जोगाउन समुदायस्तरबाट स्वत:स्फूर्त रूपमा पहल थालिएको हो।

भुजेल समाज सेवा समिति तनहुँको आयोजनामा देवघाट गाउँपालिका–१, बसेनीटारमा शनिबार विशेष सांस्कृतिक प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालाई पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा भुजेल समुदायका आठ वटा टोलीले ऐतिहासिक पहिचान बोकेको ‘चुड्का’ र ‘कौरा’ नाच प्रस्तुत गरेका थिए।

कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने अपुग रकम स्थानीय समुदायले चन्दा संकलनमार्फत जुटाएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मौलिक भाषा, संस्कृति र भेषभूषाको संरक्षण अपरिहार्य रहेको बताए। उनले कुनै पनि जातिको भाषा, संस्कृति र पहिचान हराए त्यसको अस्तित्व र गौरव नै समाप्त हुने धारणा व्यक्त गरे।

अध्यक्ष थापाले भुजेल समुदायको संस्कृति देवघाट क्षेत्रको मात्र नभई राष्ट्रकै अमूल्य सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै यस्ता कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले आगामी दिनमा पनि नीतिगत तथा बजेटमार्फत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलले नयाँ पुस्तामा परम्परागत संस्कृति र पहिचानप्रतिको आकर्षण तथा आत्मसम्मान घट्दै जाँदा मौलिक संस्कार र लोकपरम्परा लोप हुने जोखिम बढेकाले पुस्तान्तरण अभियान सुरु गरिएको बताए ।

उनले ‘चुड्का’ र ‘कौरा’ नाच मनोरञ्जनको माध्यम मात्र नभई भुजेल समुदायको जातीय पहिचान र पुर्खाको ऐतिहासिक विरासत भएको उल्लेख गरे। लोपोन्मुख संस्कृतिको संरक्षणका लागि समुदायको प्रयाससँगै राज्य तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा मौलिक पहिचानको संरक्षणका लागि भुजेल समुदाय भूगोलभन्दा माथि उठेर एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।

आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष मिलन भुजेल, शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष सचिन भुजेल, भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा घर्ती, भुजेल समाजका केन्द्रीय उपाध्यक्ष विमल जिसी भुजेल, चितवन भुजेल समाजका अध्यक्ष राम भुजेल, तनहुँ जिल्ला उपाध्यक्ष मनबहादुर भुजेल तथा सचिव गोपाल घर्तीलगायत वक्ताहरूले युवा पुस्तालाई कला, सीप र परम्पराको हस्तान्तरण गर्दै संस्कृति संरक्षण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने भएका छन् । आगामी आ...

चिया उद्योग संकटमा, भारतसँग तत्काल वार्ताको पहल गर्न नारायणकाजी श्रेष्ठको आग्रह

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले नेपालको चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको भन्दै संकट समाधानक...

नवप्रवर्तन मन्त्रालयलाई चार अर्ब बजेट, अधिकांश रकम कार्यक्रमविहीन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरि...

मनसुन विपद् व्यवस्थापनमा प्रविधि र द्रुत उद्धारमा जोड : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा ‘मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षा’लाई प्राथमिकतामा राखिएको बताएका छन्।...

इन्धनको मूल्य घटाउन सांसद ताहिर अली भाटको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेको छन् । ...

प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न सांसद मल्लको आग्रह

काठमाडौँ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सर...

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालय बोलाएर धम्क्याउने काम भयो: कांग्रेस

काठमाडौं । विपक्षी दलका सांसदहरूले आज पनि बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै संवैधानिक पदाधिका...

सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

इनरुवा । सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प...

खोलामा नुहाउन गएकी वृद्ध मृत फेला

कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुडरुङ खोलामा नुहाउन गएकी  ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा बुद्धभूमि न...

राप्रपा कार्यालय खाली गर्न राजेन्द्र लिङ्देनलाई राजभण्डारीको ३५ दिने अल्टिमेटम

काठमाडौं । राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लाई पार्टी कार्यालय रहेको आफ्नो घर ३५ दिनभित्र खाली गर्न अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending