काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पा भण्डास विप्पर कट्टेरी बस्ने उर्मिला हायूसहित बेपत्ता १६ जनाको नामावली सार्वजनिक भएको छ । गाउँपालिकाले सोमबार बेपत्ता हायू परिवारको नामावली सार्वजनिक गरेको हो ।
बेपत्ता हुनेहरुमा उर्मिला हायू, (घरमुली आमा) कमला हायू (जेठी छोरी), कोमल माया हायू (माइली बुहारी) उषा हायू (छोरी), सुजता हायू (छोरी),अस्मिता हायू (छोरी),राजु हायू (जेठा छोरा) हिमाल हायू (माइला छोरा),लाल बहादुर हायू (साइला छोरा) रहेका छन् ।
त्यस्तै वेग बहादुर हायू (छोरा),लक्ष्मण हायू (छोरा), सुवर्ण हायू (छोरा), ओम कुमारी हायू (छोरी)अर्जुन हायू (नाती) रियासा हायू (नातिनी) शान्ता हायू (छोरी) रहेका छन् । गत मंगलबार सामाजिक सुरक्षा भत्ता हिमालयन बैंक खुर्कोट शाखाबाट झिकिएको र शुक्रबार वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
हायु परिवारका सबै १६ जना सदस्य अचानक सम्पर्कविहीन भएर गायब बनेको थाहा पाएपछि खोजी तीव्र पारिएको छ । अहिले हायु परिवारको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको पनि टोली परिचालन भएकाे छ ।
सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । हायु परिवारको घरमा प्रहरी र जनप्रतिनिधिको टोली पुग्दा घरसँगै जोडिएको भान्साका लागि बनाइएको छाप्रो आगोले जलेको अवस्थामा भेटिएको छ ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ तर हायु परिवारका कोही सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता पशु गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: