Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

गोसाइँकुण्ड जान कुनै समस्या नभएकाे प्रशासनकाे भनाइ

खबरडबली संवाददाता

रसुवा । गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनै पूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धुन्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडक मार्ग राम्रो भएको, यातायातका साधन निर्वाधरुपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि समस्या नरहेको र जिल्लास्थित सुरक्षा संयन्त्रबाट जनै पूर्णिमाको अवसरमा हुने भक्तजन एवं तीर्थयात्रीको चापलाईसमेत दृष्टिगत गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त भएकाले निर्धक्क भई मेला भर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भोटेकोसीमा अप्रत्याशित रूपमा असार महिनामा आएको बाढीले उत्तरतर्फ करिब ३० किलोमिटर टाढाको रसुवागढी क्षेत्रमा धनजनको अपूरणीय क्षति भएको घटनालाई जोडेर पूरै रसुवा जिल्ला नै बाढीले प्रभावित भएको भन्ने अफवाह फैलाइएकोमा दुःख व्यक्त गर्दै सदरमुकाम धुञ्चेसहित गोसाइँकुण्डसम्म जाने बाटोमा कहीँ केही नभएको स्पष्ट पारे ।

जनै पूर्णिमाका अवसरमा  गोसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्रीलाई जिम्मेवारी बोधसहित आवश्यक सहयोग एवं स्वागत  गर्न जिल्ला प्रशासन कार्यालय, निकुञ्ज कार्यालय र अस्पालतसहित स्थानीय स्वास्थ्य चौकी, गाउँपालिकाको कार्यालय, नागरिक समाज, धार्मिक तथा पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था स्वस्फूर्तरुपमा आतुर देखिएकाले ढुक्क हुन उनले अनुरोध गरे ।

प्रजिअ पौडेलले  गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि, तीर्थस्थलसम्म सुरक्षाको विशेष व्यवस्था मिलाइ सकिएको जानकारी दिँदै भयरहित वातावरणमा यात्रा गर्न अनुरोध गरे । समुद्री  सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्ड जानेक्रममा ‘लेक’ लाग्न सक्ने समस्याबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिँदै कथंकदाचित स्वास्थ्य, सुरक्षालगायत कुनै पनि समस्या देखिए स्थानीय सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइ सहयोग लिन सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्बद्ध यातायात व्यवसायी र होटल तथा ‘लज’ सञ्चालकबाट  बढी रकम लिएको भन्ने जस्तो लागेमा तत्काल जानकारी दिन अनुरोध गर्दै सामान्य अवस्थाको जस्तै निर्धारित सेवा शुल्क लिन र तीर्थयात्रीलाई राम्रो व्यवहार गर्न होटल तथा यातायात व्यवसायीसँग अनुरोध गरेको छ ।

यसपटक धुन्चेबाट गोसाइँकुण्डसम्मको पैदल यात्राका क्रममा भेटिने पसलहरूमा चिया, कफी, खाना, नास्ता आदिको दररेट निर्धारण गरी सबैले देख्ने स्थानमा राखेको र यसअघि जस्तै उकालो हिँड्न गाह्रो हुनेहरूका लागि वाहनका रूपमा ‘घोडा’ को समेत व्यवस्था गरेका समितिले स्पष्ट गरेको छ ।

गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार गत असार २४ गतेको बाढीले रसुवागढी क्षेत्रमा मात्र नोक्सान पुर्याएको, पृथ्वी राजमार्गको गल्छीसहित काठमाडौँदेखि त्रिशूली–धुन्चे हुँदै गोसाइँकुण्डसम्मको तीर्थ मार्ग सुरक्षित रहेको छ ।

सनातन हिन्दूधर्म संस्कृति अनुसार यही साउन शुक्ल पूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्नाले एकैसाथ सम्पूर्ण देवदेवताको दर्शन मिल्ने र सबै मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ । सोही धार्मिक आस्था र विश्वासका आधारमा हरेक वर्ष जनै पूर्णिमा पर्वका अवसरमा हजारौँ भक्तजन त्यसतर्फ जाने गर्दछन् ।  

यस वर्ष यही साउन २४ गते जनै पूर्णिमा पर्व परेको र नागपञ्चमीदेखि नै भक्तजन त्यसतर्फ जाने भएकाले सोहीअनुसार आवश्यक व्यवस्था गर्न  जिल्ला प्रशासन कार्यालय,  गोसाइँकुण्ड गाउँपालिका,  गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, रसुवा जिल्ला अस्पताल, रेडक्रस, आयुर्वेद, ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी निकाय आवश्यक तयारीमा जुटेको व्यवस्थापन समितिले जनाएको छ ।

बाटोको सरसफाइ, ट्राफिक व्यवस्थापन, शुद्ध खानेपानीको धारा, सडक बत्ती, फोहर व्यवस्थापन, कालो बजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने, ठाउँ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामी परेकालाई उद्धारलगायतका व्यवस्थापकीय कार्य क्रमशः अघि बढाइने निर्णय भएको  गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए । विगत २५ वर्षदेखि गोसाइँकुण्डमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको हिमालय उद्धार सङ्घले ‘पुत्रदा एकादशी’देखि जनै पूर्णिमा पर्वसम्म अक्सिजनसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालका अनुसार यस वर्ष छ जना एमबीबस्एस चिकित्सकसहित सात जना स्वास्थ्यकर्मी सम्मिलित समूहले माथि गोसाइँकुण्डमा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । जिल्लास्तरका अस्पताल,  गोसाइँकुण्ड गाउँपालिका, जनस्वास्थ्य कार्यालय, नेपाली सेना रेडक्रस समेतका निकायले उँभो लाग्ने क्रममा बाटोमा पर्ने चन्दनबारी, लौरी विनायक, बुद्ध मन्दिर लगायतका  स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।

समितिका अध्यक्ष सञ्जीव डीएमले काठमाडौँको बालाजुदेखि धुन्चेसम्मको एक सय २० किलोमिटर सडक यात्राका क्रममा कुनै समस्या नभएको र धुन्चेबाट करिब डेढ दिनको पैदल यात्रापछि सहजरुपमा गोसाईंकुण्ड पुग्न सकिने भएकाले निर्धक्क भई तीर्थ यात्रामा आउन सबैसँग अनुरोध गरे ।

जनै पूर्णिमा पर्व व्यवस्थापनकै सन्दर्भमा  गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङको अध्यक्षतामा बसेको बैठकले स्थानीय निकायका जनप्रतिनिधि, नागरिक समाज,  स्वास्थ्य चिकित्सक, होटल व्यवसायी, जिल्लास्थित सुरक्षा अङ्गका प्रमुख, सञ्चारकर्मी, स्थानीय व्यवसायी समेतको सहभागितामा एकीकृत सेवा प्रदान गर्ने विषयमा छलफल  भई सम्बद्ध सबैको जिम्मेवारी तोकिएको छ ।

यस वर्ष १५ हजारभन्दा बढी भक्तजन  गोसाइँकुण्ड पुग्ने अनुमानका साथ आवश्यक गरिएको छ ।  गोसाइँकुण्ड जाँदा पूजाको लागि तामाको दियो,  एउटा बसाह र त्रिशूल तथा धुपबत्ती साथमा लिई चढाउनुपर्ने मान्यता रहेको पुरोहित टङ्ङ्प्रसाद ढकाल बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending