काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाको एकता आफूले प्रधानमन्त्री पद नै त्यागेर जोगाउन प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् ।
शनिबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘निर्वासन’ नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले ‘पशुपतिको होटलमा भएको षड्यन्त्रपूर्ण साँठगाँठ’ का कारण टुटेको आरोप लगाएका छन्। ‘मैले प्रधानमन्त्री पनि चाहिँदैन, तपाईं (केपी ओली) नै हुनुहोला भनेपछि उहाँको अनुहार उज्यालो भएको थियो,’ अध्यक्ष दाहालले तत्कालीन नेकपा एकताको प्रसंग कोट्याउँदै भने, ‘एकता भयो, झण्डै दुई तिहाइ आयो। तर टिकेन।’
उनले आफूले अध्यक्षको हैसियतमा एउटा मात्र केन्द्रीय कमिटी बैठक चलाउँदा सफल भएपछि केही नेताहरू अत्तालिएको दाबी गरे। ‘अर्को हप्ता त प्रचण्डले एमाले सिध्याउने भयो भनेर पशुपतिको एउटा होटलमा गएर साँठगाँठ भएछ,’ उनले भने, “त्यसपछि सुरु भइहाल्यो लडाइँ। यही त हो हाम्रो चरित्र।’
अध्यक्ष दाहालले पुष्पलालले निरंकुश राजतन्त्रलाई मुख्य शत्रु मानेर अन्य शक्तिसँग सहकार्य गरेको स्मरण गराउँदै अहिलेको मुख्य शत्रु दलाल र नोकरशाही पुँजीवाद भएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...
श्रावण ३० गते, २०८३ - १३:५४
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...
श्रावण ३० गते, २०८३ - १३:३९
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...
श्रावण ३० गते, २०८३ - १३:१४
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...
श्रावण ३० गते, २०८३ - १२:४३
मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...
श्रावण ३० गते, २०८३ - १२:२०
काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...
श्रावण ३० गते, २०८३ - ११:४७
तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...
श्रावण ३० गते, २०८३ - ११:३०
म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म
श्रावण ३० गते, २०८३ - ११:१३
नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...



प्रतिकृया लेख्नुहोस्: