Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै

खबरडबली संवाददाता

सप्तरी । दैनिक रूपमा खेर गइरहेको विभिन्न रुख बिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ । जिल्लाको सप्तकोसी नगरपालिका–१ स्थित फत्तेपुरमा रुखबाट झरेर सुकेका पात र वनका पोथ्रा रुखको हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गर्न थालिएको हो ।

रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले उत्पादित मल किसानलाई निःशुल्क वितरण गर्ने योजना रहेको बताए । उनले वनमा खेर जाने पातपतिङ्गर जम्मा गरी मल उत्पादन गर्ने, विभिन्न जडीबुटीको बोट रोप्ने, पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गरी वन संरक्षण, स्वच्छ वातावरण र आयआर्जनसँग जोड्ने उद्देश्यले काम भइरहेको जानकारी दिए ।

जिल्ला वन र सामुदायिक वनको सहकार्यमा जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने, विभिन्न प्रजातिका बिरुवा उत्पादन र वितरण, कम्पोस्ट मल उत्पादनलगायत काम भइरहेको अध्यक्ष लुइँटेलले बताए । सप्तकोसी–१ स्थित फत्तेपुरमा रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको संयुक्त रूपमा साझेदारी गरी जैविक तथा सहिद पार्क निर्माणस्थल बनाइएको उनले जानकारी दिए ।

वन संरक्षण तथा पर्यावरण सुरक्षासम्बन्धी जानकारी दिँदै अध्यक्ष लुइँटेलले भने,“नमुनाका लागि यस पटकमा १० हजार किलो सुकेको र १० हजार किलो हरियोपात मिलाएर २० हजार किलो प्राङ्गारिक मल उत्पादन गर्ने योजना छ । जैविक तथा हरित पार्कबाट वार्षिक रु २२ लाख आम्दानी लिने लक्ष्य राखेर काम गरिरहेका छौँ ।”

उनका अनुसार यस ठाउँमा ३४७ दशमलव पाँच हेक्टर क्षेत्रफलमा पार्क निर्माण, ट्रिहाउस निर्माण, पोखरी निर्माण, गोल घर निर्माण, बाटो निर्माण, वृक्षारोपणलगायत कार्य गरिएको छ । जिल्ला वन कार्यालयले मातहतका सब डिभिजन कार्यालयमा नर्सरी लगाएर लाखाैँ बिरुवा उत्पादन गरी समुदायस्तरमा वितरण गर्दै आएको जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताए । 

उनका अनुसार खैर, अमला, लताम, सिसौ, अर्जुन, टिक मसला, मलेसियन सखुवा, तेजपत्ता, आँप, लिची, मोरिङ्गालगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेका छन् । सप्तरीमा कूल २१ हजार एक सय ३६ हेक्टर वन क्षेत्र रहेकामा एक सय ३७ सामुदायिक वन र छ वटा सब डिभिजन वन कार्यालय रहेका जनाउँदै दासले सबै सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा वन संरक्षणका लागि योजनाबद्ध काम गर्न थालिएको बताए ।

डिभिजनल वन अधिकृत दासका अनुसार जिल्लामा जल क्षेत्र तीन हजार १४३ दशमलव ९२, वन क्षेत्र २१ हजार १३६, घाँसे मैदान एक हजार ४९३ दशमलव ३६, सिमसार तीन हजार ९८१ दशमलव ८७, कृषि क्षेत्र ६७ हजार ६७५ दशमलव ६१, बुट्यान क्षेत्र १२ हजार ६३५ दशमलव ८६, बस्ती क्षेत्र १२ हजार ७६६ दशमलव एक र बाँझो क्षेत्र पाँच हजार २६७ दशमलव ३८ रहेका छन् ।

जिल्लामा पाइने मुख्य काष्ठजन्य प्रजाति साल, अस्ना, सिसौँ, खयर, सिमल, हर्राे, बर्राे, जामुन हुन् भने लघु वन पैदावारमा च्याउ, निउरो, वेत, बोजो, भ्याकुर, दतिवन, अम्रिसो, राजवृक्ष, सिन्दुरे, थाकल, कुटमिरा, सिमसाग, लुँडे, बयर, अमला, कुरिलो, बाँस लगायत रहेका उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending