Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

काभ्रेमा पुराना खानेपानीका मूल सुक्दै

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो ।

बाढी पहिरो, वन फडानी, अव्यवस्थित पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको सरोकारवाला निकायको भनाइ छ । पानीको मूल सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढाटाढा धाउनुपर्ने, वर्षाको पानी सङ्कलन गर्नुपर्ने र बसाइसराइसमेतका समस्या झेल्नुपर्ने अवस्था आएको छ ।

स्थानीय तहले समस्या समाधानका लागि पानीको मुहानको मूल तथा जलाधार क्षेत्रको संरक्षण गर्न नीतिगत रूपमा छलफल गरेका छन् । धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल, नमोबुद्ध, बेथानचोक, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिले मूलाधार तथा जलाधार संरक्षण गर्ने विषयमा नीतिगत रूपमा छलफलमा जुटेका हुन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा आयोजित खानीपानीको मूल र मुहानको मूलाधार तथा जलाधार संरक्षणसम्बन्धी दुई दिने कार्यशालामा स्थानीय तहका प्रतिनिधिले मुहानको अवस्था, मुहानमा देखिएको समस्या, मुहान सुक्दै जानुका कारण समस्या समाधान गर्न गरिने नीतिगत पहलका विषयलाई प्राथमिकतामा विषयमा छलफल गरेका छन् ।

गत वर्ष असोज दोस्रो साता आएको बाढी पहिरोजस्ता विपद्ले जिल्लाका अधिकांश क्षेत्रका खानेपानीको मुहानमा धेरै क्षति पुर्‍याएकाले खानेपानीको अभावले विभिन्न समस्या देखिएको जनप्रतिनिधिले उल्लेख गरेका छन् । सोहीअनुरूप स्थानीय तहले पनि आआफ्ना नीति तथा कार्यक्रममा उक्त विषयलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।

यसअघि जिल्लाको सात स्थानीय तहको सहकार्य र समन्वयमा इसिमोडले ती तहमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा सर्वेक्षण गरेको थियो । सन् २०२३ को नोभेम्बरदेखि जुन २०२४ सम्म गरिएको सर्वेक्षणमा जिल्लाको सात स्थानीय तहमा पाँच हजार छ सय ८९ कूल स्रोत मापन गरिएको थियो । सर्वेक्षणमा पाँच हजार १६८ मूल तथा मुहान र पाँच सय २१ वटा पोखरी पहिचान भएका थिए । ती तहमा गरिएको सर्वेक्षणअनुसार २७ प्रतिशत अर्थात् एक हजार पाँच सय २१ स्रोतहरू सुक्खा भएको देखिएको जनाइएको छ ।

पाँचखाल नगरमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा एक हजार ६७ कूल स्रोत मापन गरिएको छ । तेमाल गाउँपालिकामा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा सात सय ३६ स्रोतको मापन गरिएमध्ये  छ सय ६४ मुहान र ७२ पोखरीको पहिचान भएको छ । जसमध्ये ४० प्रतिशत मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको हो । सर्वेक्षणमा आठ सय ३८ मूल तथा मुहानको सङ्ख्या र दुई सय २९ वटा पोखरीको पहिचान भएको थियो । सर्वेक्षणअनुसार ४० प्रतिशत स्रोतहरू सुक्खा भएको देखिएको जनाइएको छ । 

धुलिखेल नगरमा गरिएको सर्वेक्षणमा एक हजार एक सय ७४ वटा स्रोतको मापन भएकोमध्ये एक हजार ६४ वटा मूलको सङ्ख्या र एक सय १० पोखरीको पहिचान भएको थियो । यसमध्ये २९ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको हो । 

रोशी गाउँपालिकामा नौ सय ६९ खानेपानीको स्रोतमध्ये नौ सय २३ मूल सङ्ख्या र ४६ पोखरीको पहिचान गरिएको छ । रोशीमा २२ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको थियो । 

नमोबुद्ध नगरमा चार सय ८० स्रोतको मापनमध्ये चार सय ५० मूल सङ्ख्या र ३० पोखरीको पहिचान भएको छ भने २० प्रतिशत स्रोत सुक्खा देखिएको छ । यसैगरि बेथानचोकमा तीन सय ८५ वटा मूल तथा जलाधारको मापन गरिएकोमध्ये तीन सय ७७ मूल सङ्ख्या र आठ पोखरीको पहिचान भएको छ ।
पनौतीमा आठ सय ८० कूल स्रोत मापन गरिएकोमा आठ सय ५४ वटा मूल सङ्ख्या र २६ पोखरीको पहिचान भएकोमध्ये १० प्रतिशत मात्रै सुक्खा क्षेत्रको पहिचान भएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

गत वर्षको असोजको बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकको सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनः जीवित कार्यक्रम प्रभावित बनेको छ । कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्य पहाडी क्षेत्रमा रहेको पानीको समस्यालाई सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा सोही क्षेत्रका पानीका मुहान संरक्षण गर्ने अभियानमा सम्झौता गरेका थिए । प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलधार संरक्षण कार्यक्रमका लागि सन् २०२४ जनवरी पहिलो साता इसिमोडसँग जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

कार्यक्रम सञ्चालनको तयारी स्वरूप स्थानीय तहमा विभिन्न समुदायमा छलफल चलाउने क्रममा रहँदा गत असोजमा आएको बाढी पहिरोका कारण उक्त अभियान रोकिएको जनाइएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले भने, “केही स्थानमा सुकेको मुहान पहिचानसँगै छलफल चलाउँदै थियौँ, बाढी पहिरोले यो अभियान रोकिएको छ, बाढी पहिरोले हाम्रा मुहान तथा आयोजना नै क्षतिग्रस्त भएका छन् ।” उनका अनुसार क्षतिग्रस्त आयोजना पुनः निर्माणसँगै पानीका मुहान पुनः जीवित कार्यक्रमलाई समेटिनुपर्ने देखिएको छ। 

पानीका मुहान पुनः जीवित कार्यक्रमका लागि इसिमोडले प्राविधिक सहयोग गर्ने गर्दछ भने स्थानीय तहका प्रमुखले उक्त कार्यमा आआफ्ना तर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने सम्झौता गरिएको थियो । जिल्लाका सात तहले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मूलको पहिचान, अवस्थाको मूल्याङ्कन तथा सङ्कटासन्न मुहानको पुनः जीवित गर्ने नयाँ अभियानमा ऐक्यबद्धता जनाएका थिए । 

नमोबुद्ध नगरपालिकामा भने वडा नं ३ र ५ मा सुकेका दुई मुहान फर्काउन पोखरी निर्माण गरिएको छ । नगरका अनुसार अन्य दुई सुकेको मूल फर्काउन विषयमा प्रक्रिया भइरहेको छ । नगरमा भएका अधिकांश मुहानमा पानीको प्रवाहमा कमी हुँदै आएको जनाइएको छ । 

पाँचखालका नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मूल पुनः जीवित हुने अपेक्षा गरिए पनि अभियानका क्रममा मुहान पहिचान भइरहेको अवस्थामा बाढी पहिरो प्रभावितको राहत उद्धार तथा खानेपानी लगायत क्षतिग्रस्त संरचनामै समय दिनुपरेकाले अभियान प्रभावित बनेको बताए । उनले भने, “हाल क्षति भएका खानेपानी आयोजनालाई संरक्षण गरौँ त्यसपछि थप मुहानको खोजी गर्नेतर्फ लाग्नेछौँ ।” उनका अनुसार मुहानको पुनरुत्थानले खानेपानी आयोजनाले अपुग पानीको मागलाई सम्बोधन गर्ने देखिएको छ । 

इसिमोडका अनुसार हिन्दूकुश हिमालयमा पानीको मुहान क्रमशः सुक्दै जानु आजको प्रमुख समस्या भएको र पहाडी समुदायको पिउने पानी, गाईबस्तु तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्यूनीकरण गर्नु अहिलेको मूलभूत आवश्यकता देखिएको हो । तर, अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको जनाइएको छ । 

सम्झौतामा इसिमोडले पानीको मुहानको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनः भरण क्षेत्र पहिचान, सुधारिएको मुहानको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह–लाभको मूल्याङ्कन जस्ता गतिविधिहरू कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य छ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको थियो ।

प्रतिवेदनहरूका अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्त्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ । इसिमोडको मूलधार व्यवस्थापनका उदाहरणीय मूल संरक्षण तथा पुनरुत्थानका कार्यक्रममा स्थानीय सरकारसँग भएका सम्झौताले अन्य स्थानीय तहलाई आफ्नो बजेट र योजनामा मूलधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको पाइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending