Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकप देखि उमेर समूहको क्रिकेटसम्म

खबरडबली संवाददाता

काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार नेपाली क्रिकेट आइसिसी टी–२० विश्वकप देखि उमेर समूहको घरेलु क्रिकेटसम्म चलायमान रहने छ । 

क्यानेन्डरमा पुरुष, महिला र उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिता देखि घरेलु क्रिमेटका सबै प्रतियोगिता समेटिएको छ । क्रिकेटलाई वर्षभर चलायमान बनाउन क्यानेन्डर ल्याएको क्यानका सचिव पारस खड्काले बताए।

‘‘राष्ट्रिय टोलीलाई मात्र होइन क्रिकेटको घरेलु संम्रचनालाई बलियो बनाउन क्यानले मिहिनेत गरेको छ । क्यालेन्डरमा रहेको प्रतियोगिताहरूलाई व्यवस्थित गर्न क्यानले आन्तरिक र ब्याह्य श्रोतबाट आर्थिक जोहो गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र एसियाली क्रिकेट काउन्सल (एसिसी) बाट प्राप्त हुने आर्थिक सहयोगले पनि कार्यक्रमका लागि टेवा पुग्ने छ । हामीले वर्षिक बजेट आइसिसीमा पठाई सकेका छौँ । विभिन्न प्रतियोगिताहरूबाट प्राप्त हुने दर्शक गेट मनी र अन्य प्रायोजकको साथले नेपाली क्रिकेट बलियो भएको छ । सरकारले क्रिकेटको भौतिक संरचना निर्माणमा गरेको सहयोग तारिफ योग्य छ,’’ पत्रकार सम्मेलनमा खड्काले भने। 

क्यालेन्डर अनुसार जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै हुने छ । यस्तै पुरुष टोलीले फेब्रुअरीमा भारत र श्रीलङ्कामा टी–२० विश्वकप खेल्ने छ । महिला टोलीको प्रिमियर कप पनि प्रस्ताव गरिएको छ । 

यस्तै नेपाललको पुरुष टोलीले मार्चमा विश्वकप लिग–२ सिरिज खेल्ने छ भने महिलाका लागि बाइल्याटरल सिरिज पनि तय गरिएको छ । क्यालेन्डरमा यू–१९ यू–१६ टोलीको अन्तर्राष्ट्रिय खेल पनि समावेश गरिएको छ ।

घरेलु क्रिकेटलाई चलायमान बनाउन पिएम कप क्रिकेट देखि विभिन्न राष्ट्रिय प्रतियोगिता, लिग र स्कुल च्याम्पियनसिपसम्मका कार्यक्रम क्यालेन्डरमा समावेश गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको जाहेरी

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...

अभियानकर्मीको प्रश्न : जनताका लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ?’

काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...

रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने सम्भावना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार राप्रप...

कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी...

आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का...

कालिमाटी काठ विवाद टुङ्गियो

सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...

तीन दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख म...

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द

इस्लामाबाद। अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घो...

उपसभामुखको उम्मेदवारबारे राप्रपामा छलफल जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयनबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ...

१३ दिनपछि छुटे ओली, अस्पतालमै परिवारको जिम्मा लगाइयो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टरा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending