Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकप देखि उमेर समूहको क्रिकेटसम्म

खबरडबली संवाददाता

काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार नेपाली क्रिकेट आइसिसी टी–२० विश्वकप देखि उमेर समूहको घरेलु क्रिकेटसम्म चलायमान रहने छ । 

क्यानेन्डरमा पुरुष, महिला र उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिता देखि घरेलु क्रिमेटका सबै प्रतियोगिता समेटिएको छ । क्रिकेटलाई वर्षभर चलायमान बनाउन क्यानेन्डर ल्याएको क्यानका सचिव पारस खड्काले बताए।

‘‘राष्ट्रिय टोलीलाई मात्र होइन क्रिकेटको घरेलु संम्रचनालाई बलियो बनाउन क्यानले मिहिनेत गरेको छ । क्यालेन्डरमा रहेको प्रतियोगिताहरूलाई व्यवस्थित गर्न क्यानले आन्तरिक र ब्याह्य श्रोतबाट आर्थिक जोहो गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र एसियाली क्रिकेट काउन्सल (एसिसी) बाट प्राप्त हुने आर्थिक सहयोगले पनि कार्यक्रमका लागि टेवा पुग्ने छ । हामीले वर्षिक बजेट आइसिसीमा पठाई सकेका छौँ । विभिन्न प्रतियोगिताहरूबाट प्राप्त हुने दर्शक गेट मनी र अन्य प्रायोजकको साथले नेपाली क्रिकेट बलियो भएको छ । सरकारले क्रिकेटको भौतिक संरचना निर्माणमा गरेको सहयोग तारिफ योग्य छ,’’ पत्रकार सम्मेलनमा खड्काले भने। 

क्यालेन्डर अनुसार जनवरीमा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै हुने छ । यस्तै पुरुष टोलीले फेब्रुअरीमा भारत र श्रीलङ्कामा टी–२० विश्वकप खेल्ने छ । महिला टोलीको प्रिमियर कप पनि प्रस्ताव गरिएको छ । 

यस्तै नेपाललको पुरुष टोलीले मार्चमा विश्वकप लिग–२ सिरिज खेल्ने छ भने महिलाका लागि बाइल्याटरल सिरिज पनि तय गरिएको छ । क्यालेन्डरमा यू–१९ यू–१६ टोलीको अन्तर्राष्ट्रिय खेल पनि समावेश गरिएको छ ।

घरेलु क्रिकेटलाई चलायमान बनाउन पिएम कप क्रिकेट देखि विभिन्न राष्ट्रिय प्रतियोगिता, लिग र स्कुल च्याम्पियनसिपसम्मका कार्यक्रम क्यालेन्डरमा समावेश गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका भेनेजुएला तनाव: भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्– मादुरो जीवित रहेको प्रमाण चाहियो

काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...

महामन्त्रीद्वयसँग कानुनविदले भने: विशेष महाधिवेशन रोक्ने अधिकार कसैलाई छैन

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...

कङ्गोमा विद्रोही आक्रमण, १४ जनाको मृत्यु

कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...

पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन दिन हुँदैन: धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...

अमेरिकी सैन्य हमला : भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...

झापा–५ बाट केपी ओलीको नाम एकल सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमालेका नेता रास्वपा प्रवेश

पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकप देखि उमेर समूहको क्रिकेटसम्म

काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending