टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि र उच्च अमेरिकी करजस्ता चुनौतीको सामना गर्न आफू पदमा रहिरहने बताएका छन् ।
इशिबाको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र उसको कनिष्ठ गठबन्धन साझेदार कोमेइतोले २४८ सदस्यीय माथिल्लो सदनमा आइतबार भएको मतदानको नतिजाले बहुमत कायम गर्नका लागि तीन सिट नपुग्ने देखाएको छ । गठबन्धन अहिले डाइट वा संसदको दुवै सदनमा अल्पमतमा छ, यद्यपि एलडीपी अझै पनि प्रमुख पार्टी हो ।
इशिबाले परिणामलाई गम्भीरतापूर्वक लिएको तर आफ्नो प्राथमिकता जापानमा राजनीतिक शून्यता सिर्जना हुनबाट बचाउनु र आसन्न चुनौतीहरूको सामना गर्नु र अमेरिकासँग कर सम्झौताको लागि अगस्ट १ को समयसीमा पनि समावेश छ । इशिबाले भने, “मैले चुनावी परिणामप्रति आफ्नो गम्भीर जिम्मेवारी महसुस गरिरहेकी छु । मैले देश र जनताप्रतिको आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ र यो अठोट पूरा गर्न सक्छु भन्ने मेरो विश्वास रहेको छ ।”
उनले भने, “जापानको राजनीतिलाई शुन्यतामा फस्न नदिन मेरो निरन्तरता आवश्यक छ । मत परिणामले एलडिपीको पूरानो वर्चस्वलाई केही कमजोर देखाएपनि संसद्को सबैभन्दा ठूलो दलको हैसियत प्रदान गरेको छ ।” उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने र आपसी हितकारी सम्झौतामा पुग्ने आशा व्यक्त गरेका छन् ।
इशिबाको गठबन्धनले गत अक्टोबरमा भएको तल्लो सदनको चुनावमा बहुमत गुमाएपछि आइतबारको मतदान भएको हो र उनको अलोकप्रिय सरकारले संसद्मार्फत कानून बनाउने सन्दर्भमा विपक्षीलाई सहुलियत दिन बाध्य भएको छ । जापानमा चामलको बढ्दो मूल्य र घट्दो ज्यालालगायत अन्य सामानको मूल्यलाई कम गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न नसक्दा एलडिपीले ऐतिहासिक हार ब्यहोर्नुपरेको हो ।
व्यापार वार्तामा प्रगति नभएको र खाद्यान्नको आन्तरिक मौज्दातमा कमी आए पनि जापानमा अमेरिकी अटो र अमेरिकी धानको बिक्री हुन नसकेको गुनासो गर्दै कर निर्धारणका लागि सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले दबाब बढाएका समय भएको निर्वाचनले सत्तारूढ एलडिपी पार्टीलाईसफलता भने दिन सकेन । अगष्ट १ देखि लागू हुने गरी अमेरिकाले जापानका लागि घोषणा गरेको २५ प्रतिशत कर वृद्धि इशिबाका लागि अर्को झट्का सावित भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: