Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

खबरडबली संवाददाता

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।

महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन ९र्‍यापअप०मा समावेश हुन चाने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकताक्रम छनोट गरी अनलाइन फाराम भर्न सूचित गरेको छ ।

यस वर्षका लागि महानगरपालिका भित्रका १४५ शिक्षण संस्थामा चार हजार ८५७ कोटा निर्धारण गरिएकामा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ विद्यार्थी दोस्रो सूचीबाट २३० जना गरी तीन हजार २८१ विद्यार्थी छनोट भएपछि बाँकी रहेका एक हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए। 

महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा प्रथम मनोनयन सूची र दोस्रो मनोनयन सूचीबाट तोकिएको समयावधिभित्र भर्ना भएका विद्यार्थीको विवरण शिक्षण संस्थाले अद्यावधिक गरेका आधारमा बाँकी रहेका शिक्षण संस्थागत विषयगत सिट सङ्ख्यामा अन्तिम मनोनयन ९र्‍यापअप० गर्नका लागि सूचना प्रकाशन गरिएको हो । आवेदन आज बिहान १०:०० बजेदेखि खुला भइसकेको छ ।यही असार ८:०० गते साँझ ५:०० बजेसम्ममा आवेदन दिइसक्नुपर्ने छ ।

अनलाइन फाराम भर्ने विधि

इन्ट्रान्स डट जिओभी डट एनपीबाट पहिले झैँ सिम्बोल नं अल्फाबेट, जन्ममिति र पासवर्ड (इमेल-मोबाइलमा प्राप्त) प्रयोग गरी आफूले अध्ययन गर्न चाहेको कुनै एक विषय छनोट गरी (पहिले छानेको विषयभन्दा फरक विषयसमेत छनोट गर्न पाउने) सिट रिक्त भएका सबै वा इच्छ्याएको शिक्षण संस्थाको प्राथमिकताक्रम छनोट गरी पुन:आवेदन (रि अप्लाई) गर्न सकिन्छ ।

रिक्त रहेका शिक्षण संस्था यकीन गरेर मात्र आफूले अध्ययन गर्न चाहेको विषय र शिक्षण संस्था छनोट गर्न सकिन्छ । अन्तिम मनोनयनका आधार अन्तिम मनोनयन गर्दा विद्यार्थीको एकमुष्ट योग्यताक्रम (ओभरअल मेरिट) का आधारमा विषयगत रूपमा गरिने छ ।

काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिस्टबाट यसअघि तीन हजार ५१ विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका थिए ।

छात्रवृत्ति छनोट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूची (म्याचिङ लिस्ट) मा तीन हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो ।

यीमध्ये एक हजार ९०१ विद्यार्थी विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११, कानुनमा ३४ र मानविकीमा पाँच विद्यार्थी भर्ना भएका हुन् ।

यसरी भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ लिस्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गरेको थियो ।

शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३, व्यवस्थापन विषयका लागि १४५, कानुनका लागि १५, मानविकीका लागि एक तथा शिक्षाका लागि दुई विद्यार्थीको नाम शिफारिस गरिएको थियो । यसमध्ये २३० विद्यार्थी भर्ना भएका थिए ।

छात्रवृत्ति छनोटका लागि गत जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो ।

जेठ १८ गतेदेखि २० गतेसम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो । यस अवधिमा ३३१ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । यीमध्ये ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल गरी दुवै विधिबाट परीक्षण गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

भैरहवामा ४१.५ डिग्री तापक्रम, विभिन्न जिल्लामा भारी वर्षा

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending